Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

टोकियो – जापानमा भएको मैत्रीपूर्ण रेस्लिङ प्रतियोगितामा नेपाली रेस्लरलाई सफलता मिलेको छ । जापानको ओसाकामा सम्पन्न मैत्रीपूर्ण रेस्लिङमा भगवती खड्का (युनिका), अस्मिता सुनार (जुरेली) र भरतबहादुर बिसुराल (हिमालयन टाइगर) ले प्रतिस्पर्धा गरेका थिए ।

भगवती र जुरेलीको जोडीले मेडे टाइगर्ल्स, जाक्युएर योकोटा र हानाजोनो मोमोकाविरुद्धको खेल जितेका थिए । हिमालयनले अमेरिका र जापानका रेस्लरलाई पराजित गरेको भगवतीले जनाएकी छन् । एनआरएनए कोन्साई कमिटी ओसाकाको सहयोगमा रेस्लिङ भएको थियो ।

तपाईको प्रतिक्रिया