Deneme Bonusu Veren Siteler
बुधबार, साउन ०९, २०८१
Wednesday, July 24, 2024

काठमाडौँ – अभिनेत्री गौरी मल्लको ‘धिन ताका नाका धिन’ नामक तीज गीत सार्वजनिक भएको छ । काठमाडौंमा एक विशेष कार्यक्रमका बीच गीत सार्वजनिक गरिएको हो । अभिनेत्री मल्लकै स्वर शब्द र संगीतमा रहेको सो गीतमा मल्ल, मिथिला शर्मालगायत चर्चित कलाकार फिचर्ड छन् । गीतको म्युजिक भिडियो पनि सार्वजनिक गरिएको छ ।

सो म्युजिक भिडियोको निर्देशन सन्तोष राजवाहकले गरेका हुन् । सो म्युजिक भिडियो गौरी मल्ल च्यानलबाट सार्वजनिक गरिएको हो । एल्बम सार्वजनिक कार्यक्रममा वरिष्ठ हास्य कलाकार मदन कृष्ण श्रेष्ठ, बसुन्धरा भुसाललगायतका सिने क्षेत्रका चर्चित कलाकार उपस्थित थिए । उनीहरुले गीतको सफलताको कामना व्यक्त गरेका छन् ।

तपाईको प्रतिक्रिया