Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस् :

काठमाडौँ – अमेरिकी राष्ट्रपति जो बाइडेन भोलि बिहीबार भारत आउँदैछन् । जी–२० शिखर सम्मेलनमा सहभागी हुनका लागि बाइडेन बिहीबार भारत आउन लागेका हुन् । अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार (एनएसए) जेक सुलिभानले ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिएका हुन् । उनले भारत भ्रमणका क्रममा राष्ट्रपति बाइडेनले प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय भेटवार्ता गर्नेछन् भने राष्ट्रपति द्रौपदी मुर्मुसँग पनि भेटवार्ता गर्नेछन् ।

भारत आउने अन्तिम तयारीमा रहेका राष्ट्रपति वाइडेनको कोभिड–१९ परीक्षणको रिपोर्ट नेगेटिभ आएको जनाइएको छ । अमेरिकाकी प्रथम महिला ७२ वर्षीया जिल बाइडेनलाई सोमबार कोभिड पोजिटिभ भेटिएपछि ८० वर्षीय बाइडेनको सोमबार र मंगलबार परीक्षण गरिएको थियो । र उनको रिपोर्ट नेगेटिभ आएको थियो ।

जेक सुलिभानले भने कि बिहीबार राष्ट्रपति बाइडेन जी–२० शिखर सम्मेलनमा भाग लिन नयाँ दिल्ली आउनेछन् । शुक्रबार बाइडेन भारतीय प्रधानमन्त्री मोदीसँग द्विपक्षीय बैठकमा सहभागी हुनेछन् भने शनिबार र आइतबार जी–२० शिखर सम्मेलनको आधिकारिक सत्रमा सहभागी हुनेछन् । बाइडेन मोदीको शैलीप्रति प्रभावित छन् ।

 

तपाईको प्रतिक्रिया