Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौँ – पाकिस्तान र श्रीलंकामा जारी एसिया कप–२०२३ को समूह चरणबाट बाहिरिएको नेपाली राष्ट्रिय क्रिकेट टिम आज बुधबार स्वदेश फर्किने भएको छ । नेपाली टोली आज दिउँसो साढे १२ बजे श्रीलंकन एयलाइन्सबाट नेपाल आउने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ ।

पहिलो पटक एसिया कप खेलेको नेपाली टोलीले प्रतियोगिताको दुवै खेलमा हार व्यहोरेको छ । समूह चरणका दुवै खेलमा पराजित भएसँगै नेपाल समूह चरणबाट बाहिरिएको थियो । प्रतियोगिताको समूह ‘ए’ मा नेपालले भारत र पाकिस्तानसँग प्रतिस्पर्धाको अवसर पाएको थियो ।

नेपाल पहिलो खेलमा पाकिस्तानसँग २३८ र दोस्रो खेलमा भारतसँग १० विकेटले पराजित भएको थियो । नेपालले एसिया कपको पहिलो खेल पाकिस्तानको मुल्तान र दोस्रो खेल श्रीलंकाको क्यान्डीमा खेलेको थियो । प्रतियोगिताको समूह चरणबाटै बाहिरिएपनि नेपालले सोमबार भारतसँग खेलेको खेलको भने प्रशंशा भईरहेको छ ।

 

तपाईको प्रतिक्रिया