Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौँ – एसिया कप क्रिकेटमा भारतसँग पराजित भए पनि नेपाली खेलाडीले मेडल पाएका छन् । गएराति वर्षाले प्रभावित हुँदा ओभर छोट्याइएको खेलमा नेपाल भारतसँग १० विकेटले पराजित भएको थियो । तर, हारे पनि नेपाली खेलाडीले मेडल थापेका हुन् । नेपाल क्रिकेट संघ (क्यान)ले राखेको भिडियोमा भारतका प्रशिक्षक राहुल द्रविड, खेलाडी विराट कोहली र हार्दिक पाण्ड्याबाट तीन खेलाडीले मेडल थापेको देखिन्छ । सामान्यतया जितेपछि मात्रै मेडल थाप्ने र कप उचाल्ने हुन्छ । तर, पहिलोपटक बलियो भारतसँग खेल्ने क्रममा नेपाली खेलाडीले ब्याटिङमा उच्च प्रदर्शन गरेको भन्दै हौसला बढाउन मेडल लगाइएको हो ।

नेपाली टिमका प्रशिक्षक मोन्टी देशाई भारतीय हुन् । यसैले ब्याटिङमा राम्रो प्रदर्शन गरेका आशिफ शेख, सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीलाई भारतीय प्रशिक्षक र खेलाडीबाट मेडल लगाउने प्रबन्ध मिलाएका हुन् ।भारतविरुद्ध ९७ बलमा ५८ रन बनाएका आशिफलाई कोहलीले, ५६ बलमा ४८ रन बनाएका कामीलाई पाण्ड्याले र २५ बलमा २९ रन बनाएका दीपेन्द्रसिंह ऐरीलाई प्रशिक्षक द्रविडले मेडल लगाइदिएका हुन् । भारतविरुद्ध २५ बलमा ३८ रन बनाए पनि ओपनर कुशल भुर्तेलले भने मेडल लगाएको देखिँदैन ।

नेपाली खेलाडीले मेडल थाप्दै गर्दा भारतीय खेलाडीले रमाइलो मान्दै हासिमजाक गरेको पनि देख्न सकिन्छ । जित्ने भारतीय खेलाडीले हार्ने नेपाली खेलाडीलाई मेडल लगाइदिएको अस्वाभाविक लाग्ने दृश्य देख्नुपरेपछि भारतीय खेलाडीले हासिमजाक गरेको देखिन्छ । यो जितहार भन्दा पनि मोन्टीले नेपाली खेलाडीको हौसला बढाउन, भारतीय खेलाडीसँगको घुममिलको वातावरण बनाउन यस्तो कार्यक्रम राखेको देखिन्छ ।

तपाईको प्रतिक्रिया