Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौँ – सनी देओल र अमिषा पटेल अभिनित फिल्म गदर २ ले जताततै हंगामा मच्चाएको छ । फिल्म रिलिज भएको तीन साताभन्दा बढी भइसकेको छ । तर फिल्मले लगातार कमाइ गरिरहेको छ । गदर २ ले ५०० करोड क्लबमा ग्रान्ड एन्ट्री गरेको छ ।

सन्नी देओलको करिअरमा यो पहिलो फिल्म हो जसले फ्यानबाट यति धेरै माया पाएको छ । फिल्मले ५०० करोडको व्यापार गरेको छ । सन्नी देओलका लागि यो फिल्म निकै विशेष बनेको छ ।

तर, ५ सय करोडको आँकडा पार गरेपछि फिल्मको कमाईको गति केही सुस्त भएको छ । गदर २ ले रिलिजको २५ औं दिन अहिलेसम्मकै कम कमाई गरेको छ । फिल्मले २४ औं दिनमा ८.५० करोड कमाएको थियो । यसैबीच नयाँ साताको पहिलो दिन अर्थात सोमबार गदर २ को सङ्कलनमा गिरावट आएको छ । रिपोर्टका अनुसार सन्नी देओलको फिल्मको २५ औं दिनको ओपनिङको आँकडा २.५ करोड रहेको छ ।

तपाईको प्रतिक्रिया