Deneme Bonusu Veren Siteler
आइतबार, चैत्र ०२, २०८१
Sunday, March 16, 2025

काठमाडौं – अमेरिकाको राष्ट्रिय हवाई यातायात तथा अन्तरिक्ष प्रशासन (नासा) ले स्पेसएक्स ड्रागन अन्तरिक्ष यानमा सवार आफ्नो स्पेसएक्स क्रू–६ का अन्तरिक्ष यात्रीहरु सोमबार बिहानै दक्षिणपूर्वी अमेरिकी राज्य फ्लोरिडाको तटीय क्षेत्रमा सुरक्षित अवतरण गरेको जनाएको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

नासाका अन्तरिक्ष यात्री स्टेफन बोवेन र वुडी होबर्ग, संयुक्त अरब इमिरेट्स (यूएई) का अन्तरिक्ष यात्री सुल्तान अल नेयादी र रूसको राष्ट्रिय अन्तरिक्ष निगमका अन्तरिक्ष यात्री आन्द्रे फेदयाएभसहित चार सदस्यीय अन्तर्राष्ट्रिय चालक दल फ्लोरिडाको तटमा सोमबार राति १२ः१७ बजे प्यारासुटको सहयोगमा पृथ्वीमा सकुशल अवतरण गरेको हो ।

अन्तरिक्षयान अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आईएसएस) बाट ग्रीनविच समय अनुसार आइतबार ११ः०५ मा छुटेको थियो । मार्च २ मा फ्लोरिडास्थित नासाको केनेडी स्पेस सेन्टरबाट प्रक्षेपण गरिएको यो मिसन अर्को दिन आईएसएसमा जोडिएको थियो ।

चालक दलका सदस्यहरू छ महिनादेखि आईएसएसमा बसेर काम गरिरहेका थिए । नासाका अनुसार मिसनको क्रममा चालक दलले पृथ्वीको तल्लो कक्षभन्दा बाहिर अन्वेषणका लागि तयारी गर्न र पृथ्वीमा जीवनलाई फाइदा पु-याउन सयौं प्रयोग र प्रविधि प्रदर्शनहरूमा योगदान पु-याएका थिए ।

तपाईको प्रतिक्रिया