Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – नेपालले भारतलाई २३१ रनको लक्ष्य दिएको छ । एसिया कपको समूह ए अन्तर्गत भारतविरुद्धको खेलमा नेपालले टस हारेर पहिला ब्याटिङ गर्दै ४८.२ ओभरमा अल आउट हुँदै २३० रन बनाएको हो ।

नेपालका लागि आसिफ सेखले सर्वाधिक ५८ रन बनाएका थिए भने उनले पहिलो विकेटका लागि कुशल भुर्तेलसँग ६५ रनको शानदार साझेदारी गरेका थिए । त्यस्तै कुशल भुर्तेल ३८ रन बनाएर आउट भएका थिए । सोमपाल कामीले उत्कृष्ट ब्याटिङ गर्दै ४८ रन बनाएका थिए । सोमपालले दिपेन्द्र सिंह ऐरीसँग ५० रन र सन्दीप लामिछानेसँग ३४ रनको महत्त्वपूर्ण साझेदारी गरेका थिए ।

त्यसैगरी दिपेन्द्र सिंह ऐरी २७, भीम सार्कीले ७, कप्तान रोहित पौडेलले ५, कुशल मल्लले २, गुलशन झाले २३, सन्दीप लामिछानेले ९ रन बनाएर आउट भएका थिए । करण केसीले अविजित २ रन बनाए भने ललित राजवंशी शून्यमा आउट भएका थिए  ।

त्यस्तै भारतका बलर रविन्द्र जडेजा र मोहमद सिराजले ३-३ तथा मोहमद शामी, शार्दुल ठाकुर र हार्दिक पाण्डेयले एक एक विकेट लिएका थिए ।

तपाईको प्रतिक्रिया