आइतबार, मंसिर १७, २०८०
Sunday, December 3, 2023

टोकियो – म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापानको आईतबार भएको आठौं राष्ट्रिय महाधिवेशनबाट आगामी दुईबर्षका लागि बिशाल केसीको नेतृत्वमा सर्बसम्मत नयाँ कार्यसमिति गठन भएको छ ।
नवगठित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा गणेश श्रेष्ठ, महिला उपाध्यक्षमा पवित्रा पुन, क्षेत्रीय उपाध्यक्षमा रुपेश पुन र अन्य उपाध्यक्षहरुमा प्रकाश तुलाचन, टिका छन्त्याल र महेन्द्र चोखाल चयन भएका छन् ।
यसैगरी महासचिवमा सागर कार्की, सचिवमा रेखा केसी, क्षेत्रीय सचिवमा उज्वल बानियाँ, कोषाध्यक्षमा ज्ञानेन्द्र कार्की र सहकोषाध्यक्षमा सुरेश पुन चयन भएका छन् भने प्रवक्तामा कमल बानियाँ चयन भएका छन् । यसैगरी युवा संयोजकमा सनम फगामी, महिला संयोजकमा कविता भट्टचन, खेलकुद संयोजकमा धना पुर्जा, साँस्कृतिक संयोजकमा गणेश छन्त्याल र पालिका संयोजकमा सुरेन्द्र सुनार चयन भएका छन् ।
कार्यसमितिको सदस्यहरुमा गणेश बानियाँ, बिनोद रेग्मी, उषा हमाल, बीरबहादुर गर्बुजा, दिपक सुबेदी, अश्विन भण्डारी, प्रदिप घर्ति मगर, जीवन थापा मगर, मनोज बानियाँ र सुबास खत्री चयन भएका छन् ।
मोना जापानका अध्यक्ष सचिन श्रेष्ठको सभापतित्व र मोनाका केन्द्रीय वरिष्ठ उपाध्यक्ष ददिवल खड्काको प्रमुख आतिथ्यता भएको आठौं राष्ट्रिय महाधिवेशनमा मोना जापानका वरिष्ठ उपाध्यक्ष बिशाल केसीको स्वागत मन्तब्य रहेको थियो ।

मोना जापानका सल्लाहकार समेत रहेका निर्वाचन समितिका संयोजक तिलक मल्लले नवगठित कार्यसमितिको घोषणा गर्नुका साथै शपथ ग्रहण गराएका थिए भने प्रमुख अतिथि र सभाध्यक्षले प्रमाणपत्र वितरण गरेका थिए ।

राष्ट्रियगानबाट सुरु भएको महाधिवेशन समारोहको प्रमुख अतिथि र सभाध्यक्षले दीप प्रज्वलन गरी उदघाटन गरेका थिए । महाधिवेशनको बिहानीको बन्दसत्रले कोषाध्यक्ष ज्ञानेन्द्र कार्की र महासचिव गणेश श्रेष्ठद्वारा प्रस्तुत संस्थाको आर्थिक प्रतिबेदन र कार्यप्रगति प्रतिबेदनलाई पारित गरेको थियो । यसै गरी विधान संशोधन समितिका संयोजक ददिवल खड्काद्वारा प्रस्तावित विधान संशोधन प्रस्तावलाई बन्दसत्रको हलबाट प्राप्त सुझावहरुलाई समेट्ने गरी पारित गरिएको थियो । बन्द सत्रमा क्षेत्रीय समिति क्युशुका संयोजक दिपक बिक र क्षेत्रीय समिति नागोयाका संयोजक सागर थापा बगालेले आ-आफ्नो क्षेत्रको कार्यप्रगति प्रतिबेदन प्रस्तुत गरेका थिए ।
महाधिवेशन समारोहमा कामना फगामी, ट्रष्मी गर्बुजा, शिला गर्बुजा, सन्तोष पुन, शर्मिला पुन, गणेश छन्त्याल लगायतका कलाकारहरुको साँगीतिक प्रस्तुती रहेको थियो ।

महाधिवेशन समारोहमा जापानका विभिन्न संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधीहरुको शुभकामना मन्तब्य रहेको थियो । शुभकामना मन्तब्य दिनेहरुमा नेपाल पत्रकार महासंघ जापानका अध्यक्ष शान्त पहारी, नेपाल आदिबासी जनजाति महासंघ जापानकी महासचिव प्रमिला राई, बरिष्ठ उपाध्यक्ष श्री गुरुङ, नेपाली जनप्रगतिशील मञ्च जापानका वरिष्ठ उपाध्यक्ष मोहन पौडेल, प्रवासी नेपाली मञ्चका अध्यक्ष कुलचन्द्र खरेल, नेपाली ब्यवसायी संघ जापानका अध्यक्ष बिजय थकाली, एनआरएन जापानका उपाध्यक्ष सिध्दार्थ श्रेष्ठ, पूर्व अध्यक्ष शिव पौडेल, तमू धीं जापानकी पूर्व अध्यक्ष अनिता गुरुङ, आइसीसी उपमहासचिव ओम गुरुङ, उपाध्यक्ष भूषण घिमिरे, मोना जापानका सल्लाहकार महेन्द्र बानियाँ, तिलक मल्ल, राम खड्का, मोनाका केन्द्रीय कोषाध्यक्ष महेन्द्र खड्का, मोना कोरियाका अध्यक्ष सुनेश केसी लगायतका हुनुहुन्थ्यो ।
कार्यक्रमको अन्तमा प्रमुख अतिथि ददिवल खड्काले नवगठित कार्यसमितिलाई बधाई र अघिल्लो कार्यसमितिलाई धन्यबाद ज्ञापन गरेका थिए भने सभाध्यक्ष सचिन श्रेष्ठले कार्यकाल सफल तुल्याउन सहयोग गर्ने सबैमा धन्यबाद ज्ञापन गर्नुका साथै नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना ब्यक्त गर्दै समारोह अन्त भएको घोषणा गरेका थिए । कार्यक्रमको सञ्चालन महासचिव गणेश श्रेष्ठ र सचिव सागर कार्कीले गरेका थिए ।***

तपाईको प्रतिक्रिया