Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौँ – सेयर बजार सोमबार उकालो लागेको छ । नेप्से परिसूचक सोमबार ७.०४ विन्दुले बढेर १९६७.८३ अंकमा पुगेको छ । सोमबार आधा दर्जन कम्पनीमा ९ प्रतिशतभन्दा बढीको वृद्धि देखिएको छ । यस दिन १ अर्ब ९ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

सोमबार कारोबारको पहिलो सत्रमा सकारात्मक बनेको नेप्से त्यसपछि घटेको थियो । कारोबारको अधिकांश अवधि घटेको सूचक बन्द हुने बेलामा भने सकारात्मक बनेको हो । समग्रमा हेर्दा बजार सूचक नेप्से १९ सयकै लाइनमा झरिसकेको छ ।

यस दिन २७० कम्पनीको ३४ लाख ३२ हजार कित्ता सेयर कारोबार भएको छ । ५ करोड २८ लाख रुपैयाँसहित कारोबार रकममा आइएमई लाइफ इन्सुरेन्स अग्रस्थानमा आएको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः शिवम् सिमेन्ट्स र नबिल बैंक परेका छन् ।

 

तपाईको प्रतिक्रिया