Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – भारतले एशिया कप अन्तर्गत समुह ए को अन्तिम खेलमा नेपालविरुद्ध टस जितेको छ । श्रीलंकाको पल्लेकेले अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला क्यान्डीमा भारतीय कप्तान रोहित शर्माले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेका हुन् ।

आजको खेलमा नेपालले एक परिवर्तन गरेको छ । नेपालले आरिफ सेखको ठाउमा भीम सार्कीलाई टिममा समावेश गरेको छ । योसंगै भारतले पहिला बलिङ गर्ने भएको छ । भारतले आफ्नो टिममा बुमराहको ठाउमा मोहमद शामीलाई समावेश गरेको छ । नेपालले आइसीसीको सिनियर प्रतियोगितामा भारतविरुद्ध खेल्न लागेको यो पहिलो पटक हो ।

यस एशिया कपमा नेपालले पहिलो खेलमा पाकिस्तानविरुद्ध हार बेहोरेको छ भने सुपर चारमा पुग्न भारतलाई पराजित गर्नै पर्ने अवस्थामा रहेको छ । त्यसैगरी भारतले आफ्नो पहिलो खेलमा पाकिस्तानविरुद्ध बर्षाका कारण खेल रद्ध हुदा अंक बाँडेका कारण यो खेल रद्ध भएमा पनि सुपर चारमा जाने छ ।

क्यान्डीमा आज पनि खेल बर्षाले प्रभाव पार्ने अनुमान गरिएको छ । सोमबार बिहान पल्लेकेलमा झन्डै ६० प्रतिशत पानी पर्ने सम्भावना छ । यद्यपि, टसको समयमा नेपाली समय अनुसार अपराहन्न २: ४५ बजे भने वर्षा हुने सम्भावना २२ प्रतिशत छ र यो बेलुका ६ बजेसम्म रहनेछ । खेलको दोस्रो हाफमा पानी पर्ने सम्भावना ६६ प्रतिशत हुनेछ । यस्तो अवस्थामा फेरि शनिबारको भारत–पाकिस्तानको खेल जस्तै आधा खेल मात्रै देख्न सकिने सम्भावना रहेको छ ।

तपाईको प्रतिक्रिया