Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – शनिबार राति धम्कीपूर्ण स्टाटस् राखेका काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह सो स्टाटस् हटाएका छन् । सिंहदरबारमा आगो लगाइदिने चेतावनीसहितको स्टाटस् अहिले हटाइएको हो ।

उनले फेसबुकमा लेखेका थिए, ‘आजको लागि केही भएन, भोलीबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने सिंहदरबार आगो लगाइदिन्छु । याद राख चोर सरकार ।

उक्त  स्टाटसकाे जनस्तरबाटै चर्काे आलोचना भएको थियो । यद्यपि उनले स्टाटस् हटाएका हुन वा आफूले मात्र हेर्न मिल्ने बनाएको हुन् त्यो भनेको खुलेको छैन । आइतबार समाचारका राखिएको उनको स्टाटस्को लिंकमा आज यस्तो देखिन्छ ।

बालेन आक्रोशित हुनुको कारण उनकी श्रीमती चढेको गाडी ट्राफिक प्रहरीले रोकेको भन्ने अनुमान गरिएको थियो । यसबारे उनको सचिवालयले सबिना काफ्लेमाथि असभ्य व्यवहार गरिएको भन्ने आशयको स्पष्टीकरण सार्वजनिक गरेको छ ।

तपाईको प्रतिक्रिया