Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – पैसा नदिएका कारण ८३ वर्षीया हजुरआमाको बीभत्स हत्या गर्ने दार्चुलाको मालिकार्जुन गाउँपालिका-७ का २१ वर्षीय दीपक चन्द र दुहु गाउँपालिका-३ का १८ वर्षीय आशीष बम पक्राउ परेका छन् ।

भदौ ८ गते दार्चुलाको जोलजिवी हुँदै भारत जाने योजना बनाएका दीपक र आशीषसँग गाडी भाडासमेत नभएपछि उनीहरू फर्किए । ‘मेरो आमा (हजुरआमा)सँग पैसा मागौला । उनीसँग पैसा लिएर भारत जाउला’ चन्दले सँगै रहेका आशीष र अर्का एक जनालाई सुनाए । दीपक र आशीष पैसा माग्न भन्दै मालिकार्जुन गाउँपालिका-७ स्थित टोपालीकी ८३ वर्षीया भागरथी चन्दको घरमा पुग्छन् । ८३ वर्षीया भागरथी चन्द दीपक चन्दको हजुर आमा हुन् ।

उनी घरमा आमा एक्लै बस्थिन् । दीपकको बुवा करिब १२ वर्षदेखि सम्पर्कविहीन छन् भने अमा दिदी भारतमै बस्छन् । दीपक भने महाकाली नगरपालिका-४ बागावगडमा परिवारसँगै होटेल गरेर बसिरहेका थिए । त्यस दिन पैसा माग्न गएका दीपक र आशीषले पैसा नपाएपछि भागरथीको बीभत्स हत्या गरे ।

पैसा माग्दा नदिएपछि सुरुमा कैँची उठाएर घाटीमा हाने, हँसियाले घाटी रेटे र पेटमा पटक-पटक सानो चक्कुले रोपेर बीभत्स हत्या गरेको पाइएको एक प्रहरी अधिकारीले बताए ।

८ गते भागरथीको हत्या भएपनि प्रहरीले भने घटनाबारे १० गते साँझ थाहा पाएको थियो । त्यो बेलासम्म उनीहरू दुवैजना पुलघाट हुँदै भारतको पिथौरागढ टनकपुरबाट पलिया पुगिसकेका थिए । भागरथीको हत्या गरेर घरमा भएको ४० हजार पैसा र उनले कानमा लगाएको सुनसमेत लगेर उनीहरू भागेका थिए । उनीहरूले लगेको सुनको गहना ९० हजारमा बेचे । दुवै जनाले आकस्मिक रूपमा हत्या गरे नि उनीहरूले त्यसपछि घटनालाई रहस्यमय बनाउन निकै ठूलो योजना बनाएका थिए ।

हत्यापछि नाति फरार भएको विषयले घटनामा दीपकको संलग्नता रहेको बुझ्न प्रहरीलाई समय लाग्दैन । ८ गते जोलजिवीको पुलमा दीपकसँगै आशीषको पनि फोटो प्रहरी फेला परेपछि उनीहरू दुवै जनामाथि प्रहरीले अनुसन्धान सुरु गरेको थियो । ८ गते स्थानीयले पनि प्रहरीलाई दीपकसँगै अर्का एक व्यक्ति पनि देखेको बयान दिएका थिए । त्यसले प्रहरीको शङ्का अझै बलियो बनायो ।

उनीहरू दुवैको प्रहरीले रेक्की सुरु गर्छ । १२ गते उनीहरू दुवै जनालाई कञ्चनपुरकाे भीमदत्त नगरपालिका-४ स्थित महेन्द्रनगर बसपार्कबाट प्रहरीले पक्राउ गरेको थियो । दुवै जनाबाट प्रहरीले २१ हजार रकम पनि बरामद गर्‍यो । उनीहरूले बयानमा गहना बचेकोबारे बताएपछि गहन बेच्न प्रयोग भएका व्यक्ति र किनेका व्यक्तिलाई पनि प्रहरीले अहिले पक्राउ गरिसकेको छ ।

प्रहरीले जानकारी पाएको तीन दुईभित्रै दुवै जनालाई पक्राउ गरेको थियो । प्रारम्भिक अनुसन्धान सकेर साेमबार दुवै जनालाई प्रहरीले सार्वजनिक गरेको छ । नेपालको सिम अफ गरेर भारतीय सिम प्रयोग गरिरहेका उनीहरू काठमाडौँ लुकेर बस्ने योजनासहित भारतबाट पुन: गड्डाचौकी नाका हुँदै नेपाल प्रवेश गरेलगत्तै पक्राउ परेका हुन् ।

तपाईको प्रतिक्रिया