Deneme Bonusu Veren Siteler
मंगलबार, साउन ०१, २०८१
Tuesday, July 16, 2024

काठमाडौं – कारोबारको पहिलो दिन आज नेप्से २९ अंकले घटेर १९६० को विन्दुमा कायम भएको छ । नेप्से घटेसँगै १३ वटै उपसूचकमा रातो पोतिएको छ । आज नेप्सेमा ४० लाख ५३ हजार कित्ता शेयर किनबेच हुँदा १ अर्ब १८ करोड ६६ लाखको कारोबार भएको छ । आज होटल तथा पर्यटन उपसूचक सर्वाधिक ३.०३ प्रतिशतले घटेको छ । हाइड्रोपावर उपसूचक २.३३ र जीवन तथा निर्जीवन बीमा उपसूचक समान २ प्रतिशतले घटेका छन् ।

नेप्सेमा गिरावट आँउदा आज सोल्टि होटल र आइएमई लाइफको शेयरमा सबैभन्दा धेरै खरिदबिक्री भएकोछ । सोल्टि होटलको प्रतिकित्ता ४३८ रुपैयाँमा ३ करोड ८८ लाख बराबरको सेयर कारोबार भएको हो । त्यस्तै, आइएमई लाइफको प्रतिकित्ता ५४१ प्रतिकित्ता ३ करोड ७६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सिटि होटल , माछापुच्छे बैंक, एभरेष्ट बैंक, घोराही सिमेन्टस, शिवम सिमेन्टस, नबिल बैंक, हिमालयन डिष्टिलरी र ग्लोबल आइएमई बैंकको संस्थापक शेयर सबैभन्दा बढी खरिदबिक्री भएको छ।

 

तपाईको प्रतिक्रिया