Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौँ – काठमाडौंको पेप्सीकोला-काँडाघारी सडकखण्डमा एक साथ चार सवारी साधन दुर्घटना भएका छन् । मिनी बसले बोलेरो जीप, मोटरसाइकल र स्कुटरलाई ठक्कर दिएको काँडाघारी प्रहरीले जनाएको छ । सडकमा गुडिरहेको बा ३ ख ४८४८ नम्बरको बसले विपरीत दिशामा रहेका बा ६ च ५३४२ नम्बरको बोलेरो जिप, मोटरसाइकल र स्कुटरलाई ठक्कर दिएको थियो ।

प्रहरीका अनुसार दुर्घटनामा १४ जना घाइते भएका छन् । ​घाइतेहरूमध्ये आठ जनाको भक्तपुरस्थित मदल्याण्ड अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । यस्तै ६ जना घाइतेलाई उपचारका लागि मिनभवनस्थित सिभिल अस्पतालमा ल्याइएको छ । घाइतेहरूको नामथर खुल्न नसकेको प्रहरीको भनाइ छ ।

 

तपाईको प्रतिक्रिया