Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले सामाजिक सञ्जालमा आक्रोश व्यक्त गरेका छन् । शनिबार राति उनले सामाजिक सञ्जालमा सरकारप्रति रोष प्रकट गरेका हुन् ।

उनले संघ सरकारलाई चेतावनी दिएका छन् । महानगरपालिकाको गाडी रोक्ने कार्य गरिए सिंहदरबारमा आगो लगाइदिने धम्की उनले दिएका छन् । संघ सरकारका तर्फबाट शनिबार महानगरको गाडी रोकिएको उनको संकेत छ ।

तर, त्यसबारेमा विस्तृतमा केही खुलाएका छैनन् । ‘आजको लागि केही भएन, भोलिबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने सिंहदरबारमा आगो लगाइदिन्छु । याद राख चोर सरकार,’उनले फेसबुकमा लेखेका छन् ।

तपाईको प्रतिक्रिया