Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन २९, २०८१
Tuesday, October 15, 2024

काठमाडौं – नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले धर्मनिरपेक्षतालाई परिमार्जनसहित व्यवस्थित गर्ने जिम्मा माओवादीले लिनैपर्ने बताएका छन् ।

‘जनतासँग माओवादी : विशेष रूपान्तरण’ अभियानअन्तर्गत काठमाडौं महानगरपालिका–२६ ले आयोजना गरेको कार्यक्रमलाई शनिबार बिहान सम्बोधन गर्दै पुनले आफ्नो पार्टीले देशमा धर्म निरपेक्षता ल्याए पनि त्यसलाई व्यवस्थित गर्न नसकेको टिप्पणी गरे ।

उनले त्यसलाई परिमार्जन गर्ने र व्यवस्थित गर्ने जिम्मा माओवादीकै भएको बताए । ‘धर्म निरपेक्षताको लागि लड्ने पार्टी हामी नै हौँ । राज्य धर्म निरपेक्षता भयो । तर, यसलाई व्यवस्थित गर्ने जिम्मा पनि हाम्रो हो । मैले भन्दै थिए, अहिले जति उपलब्धिहरू भएका छन्,’ पुनले भने, ‘त्यसलाई फेरि परिमार्जन गर्ने जिम्मेवारी पनि माओवादी पार्टीको छ । यसलाई हामीले आत्मसाथ गर्नैपर्छ यसको जिम्मेवारी लिनैपर्छ ।’

यस्तै, उनले विचारबिनाको पार्टीले देशलाई विकास गर्न नसक्ने भन्दै आफ्नो पार्टीले तय गरेको सार्वजनिक, निजी र सहकारीको तीनखम्बे नीतिबाट अगाडि बढ्नुपर्ने धारणा पनि राखे ।

तपाईको प्रतिक्रिया