बिहिबार, मंसिर २१, २०८०
Thursday, December 7, 2023

टोकियो – नेपाल केन्सिनकान कराँते संघका अध्यक्ष कपिलदेव थापाले नेपाली खेलाडीहरूलाई हौसला दिन प्रतियोगितास्थल आउन जापानवासी नेपालीमा अनुरोध गरेका छन् । आइतबार अर्थात् भोलि टोकियोस्थित योयोगी जीम्न्याजीयम हल हुने प्रतियोगितामा आएर नेपाली खेलाडी हौसला बढाउन आग्रह गरिएको हो ।

समय उपलब्ध भएसम्म यहाँ क्रियाशील संघसंस्था, सरोकारवालालगायत सम्पूर्णलाई अध्यक्ष थापाले आग्रह गरेका छन् । ‘जापानवासी हाम्रा सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सबै संघसस्थाका आदर्णिय मित्रहरूलाई हार्दिक निमन्त्रणा गर्दछौँ,’ उनले भनेका छन्, ‘हाम्रा सबै संघसस्थाका आदर्णिय अध्यक्ष महोदयहरूले आआफ्नो संस्थामा जानकारी गराइ धेरैभन्दा धेरै जापानवासी नेपाली साथीहरूको माझमा यो सूचना पुराइदिनु हुनुहुनेछ र हाम्रा नेपाली खेलाडी हरूको हौसला बढाउनका लागी सकेसम्म नेपाली झण्डाका साथ ताली ले हौसला बढाउनुहुनेछ भन्ने आशा लिएका छौँ ।’

प्रतियोगिता आइतबार टोकीयोको JR harajyuku स्टेशन नजिकको योयोगी जीम्न्याजीयम हल २ (Yoyogi Gymnasium hall 2) मा बिहान १०ः०० बजेपछि सुरु हुनेछ ।

तपाईको प्रतिक्रिया