Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौँ – यो साता नेपाली बजारमा सुनको मूल्य प्रतितोला १४ सय रुपैयाँले बढेको छ । गत साताको शुक्रबारको तुलनामा यो साताको शुक्रबार तोलामा १४ सय रुपैयाँले सुनको मूल्य बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो । गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ११ हजार १०० रुपैयाँ थियो । जुन, यो साताको शुक्रबार १४ सय रुपैयाँले बढेर प्रतितोला १ लाख १२ हजार ५०० रुपैयाँ पुगेको हो ।

यस्तै, महासंघकाअनुसार हिजो शुक्रबार तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ९०० रुपैयाँ कायम थियो । यसबाहेक, सुनको मूल्य बढेको साता चाँदीको समेत मूल्य बढेको छ । तर, यो साता चाँदीको मूल्यमा २० रुपैयाँको वृद्धि आएको छ । महासंघले हिजो शुक्रबार चाँदीको मूल्य तोलामा १४ सय ७० रुपैयाँ कायम रहेको जनाएको छ । जुन, गत साताको शुक्रबार तोलामा १४ सय ५० रुपैयाँ कायम थियो ।

तपाईको प्रतिक्रिया