Deneme Bonusu Veren Siteler
आइतबार, आषाढ ३०, २०८१
Sunday, July 14, 2024

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू नेतृत्वको सरकारले इतिहासले नै सम्झिनेगरी साहसिक र जनपक्षीय कामहरू अघि बढाइरहेको दाबी गरेका छन् । शनिबार पार्टी केन्द्रीय कार्यालयमा ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’को शुभारम्भ गर्दै नेकपा (माओवादी केन्द्र) का अध्यक्षसमेत रहनुभएका उनले यस्तो बताएका हुन् ।

उनले आफू नेतृत्वमा रहेको सरकारले सामाजिक न्यायको प्रत्याभूति, सुशासन, सार्वजनिक सेवा, प्रवाहमा जनताको सहज पहुँच र विकासलाई मुख्य प्राथमिकता दिँदै काम गरिरहेको उल्लेख गरे । ‘अहिले मेरो नेतृत्वमा रहेको सरकारले सामाजिक न्यायको प्रत्याभूति, सुशासन, सार्वजनिक सेवा, प्रवाहमा जनताको सहज पहुँच र विकासलाई मुख्य प्राथमिकता दिँदै काम गरिरहेको छ । सरकारले इतिहासले नै सम्झिनेगरी कयौँ साहसिक र जनपक्षिय कामहरू अघि बढाइरहेको छ,’ उनले भने, ‘एकपछि अर्को गर्दै सरकारबाट अघि सारिएका कामहरूले जनतामा राजनीति र व्यवस्थाप्रति नै विकास हुँदै गएको निराशा चिरेर आशा र भरोसाको वातावरण सिर्जना गरिरहेको छ ।’

प्रधानमन्त्री प्रचण्डले राजनीतिक र सामाजिक अराजकताको स्थानमा सकारात्मक भाष्यको निर्माण हुँदै सरकार र प्रणालीप्रतिको विश्वास क्रमशः बढ्दै गएको बताए । ‘राजनीतिक र सामाजिक अराजकताको स्थानमा सकारात्मक भाष्यको निर्माण हुँदै सरकार र प्रणालीप्रतिको विश्वास क्रमशः बढ्दै गएको छ । तर हामीले आफैँले गरेका राम्रा काम पनि जनतासम्म पु-याउन सकेका छैनौँ । यो अभियानले सरकारका तर्फबाट भइरहेका जनपक्षीय कामहरूलाई समेत जनतामा सम्प्रेषण गर्दै सरकार र जनताबीच सम्बन्ध बिस्तार गर्नेछ,’ उनले भने ।

उनले जनताले देखेका सपना, अपेक्षा पूरा गर्ने दिशामा राजनीति गतिशील हुने बताए । उनले नेपालको राजनीतिक आन्दोलन नयाँ चरणमा प्रवेश गरेको बताए । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष दाहालले भर्चुअल माध्यमबाट देशभर अभियानको उद्घाटन गरेका हुन् । दिउँसो १ बजे सबै वडाहरूले कार्यक्रम राखी अभियानको प्रारम्भ गर्दैछन् ।

तपाईको प्रतिक्रिया