Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडाैं – पूर्वयुवराज पारस शाहकाे स्वास्थ्य अवस्था बुझ्न राप्रपा नेपालका अध्यक्ष कमल थापा ह्याम्स अस्पताल पुगेका छन्। मुटुमा समस्या आएपछि शुक्रबार साँझ अस्पताल भर्ना भएका पूर्वयुवराज पारसको स्वास्थ अवस्था बुझ्न राप्रपा नेपालका अध्यक्ष थापा शनिबार बिहान अस्पताल पुगेका हुन्। भेटमा पूर्वयुवराज शाहले आफू ठीक रहेको र अहिले कुनै समस्या नरहेको जानकारी दिएको बताइएको छ।

राप्रपा नेपाल महामन्त्री राजाराम बर्तौलासँगै अस्पताल पुगेका उनले पारसको स्वास्थ्य लाभको कामना गरेका थिए। अस्पताल स्रोतका अनुसार स्वास्थ्यमा त्यस्तो समस्या नदेखिएकाले पारस शनिबार नै डिस्चार्ज हुनेछन्। पारस अस्पताल भर्ना भएपछि उनलाई भेट्न पूर्वराजा ज्ञानेन्द्र, पूर्वरानी कोमल र पूर्वयुवराज्ञी हिमानी अस्पताल पुगेका थिए।

 

तपाईको प्रतिक्रिया