Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौँ – चन्द्रयान–३ को सफलतापछि भारतीय अन्तरिक्ष अनुसन्धान संस्थान (ईसरो) ले आदित्य एल–१ मिसन सेप्टेम्बर २, २०२३ मा श्रीहरिकोटाबाट बिहान ११:५० बजे प्रक्षेपण गर्ने जानकारी दिएको छ। ईसरोका अनुसार यो सूर्यको अध्ययनका लागि भारतको पहिलो अन्तरिक्ष अभियान हो।

ईसरोले यो अन्तरिक्ष यानको सूर्य–पृथ्वी प्रणालीको ल्यांग्रेज बिन्दु (एल १) को चारैतर्फ र एक प्रभामण्डल कक्षमा पठाइने जनाएको छ। यो पृथ्वीबाट लगभग १५ लाख किलोमिटर टाढा रहेको छ।‘एल १ बिन्दु र प्रभामण्डल कक्षमा एक उपग्रह राख्नुको प्रमुख फाइदा भनेको त्यसले बिना कुनै ग्रहण सूर्यलाई लगातार हेर्न सक्छ। यसबाट वास्तविक समयमा सौर्य गतिविधि र अन्तरिक्ष मौसममा यसको प्रभावलाई अध्ययन गर्न अधिक लाभ प्राप्त हुनेछ,’ ईसरोको भनाइ छ।

अन्तरिक्ष यान सातवटा पेलोड लिएर जानेछ। यसले फोटोस्फेयर, क्रोमोस्फेयर र सूर्यको सबैभन्दा बाहिरी भागको अध्ययन गर्नेछ। २३ अगस्तमा चन्द्रयान–३ को सफलतापछि प्रधानमन्त्री नरेन्द्र मोदीले सूर्य अभियानको घोषणा गरेका थिए।

 

तपाईको प्रतिक्रिया