Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौँ – चीनसँगको सबैभन्दा पूरानो तातोपानी नाका आठ वर्षपछि पूर्ण रुपमा खुलेको छ । २०७२ वैशाखको महाभूकम्पछि रोकिएको उक्त नाकामा आजदेखि सर्वसाधारणको आवतजावत खुलेको छ । सरकारी पास प्राप्त नेपालीहरु आजदेखि सीमा नजिकैको चिनियाँ बजारमा जान पाउने व्यवस्था गरिएको छ । यसका लागि दुई सयबढी पास वितरण गरिएको जिल्ला प्रशासन कार्यालय, सिन्धुपाल्चोकले जनाएको छ ।

२०७६ जेठमा तातोपानी नाकाबाट चिनियाँ सामान मात्र आयात गर्न मिल्ने बनाइएको थियो । गत वैशाख १८ गतेदेखि नेपालबाट सामान निर्यात गर्न मिल्ने गरियो । चीनतर्फका भौतिक संरचनाहरु मर्मत सम्भार गरेर पुरानै अवस्थामा ल्याइएको छ । नेपालतर्फका संरचना निकै जीर्ण छन् । अहिले ती भवनलाई आवश्यक मर्मत गरेर अध्यागमन, भन्सार यार्ड र सुरक्षा गेट काम चलाइएको बताइएको छ ।

 

तपाईको प्रतिक्रिया