शुक्रबार, मंसिर १५, २०८०
Friday, December 1, 2023

टोकियो – जापानका प्रधानमन्त्री फुमियो किशिदाले फुकुसिमाको पानीबाट झिकेर ल्याएको माछा खाएका छन् । पानी विषालु नभएको सन्देश दिन प्रधानमन्त्रीले फुकुसिमाको माछा खाएका हुन् ।

उनले अत्यन्तै स्वादिष्ट मान्दै माछा खाएको जापानी सरकारले जारी गरेको भिडियोमा देखिएको छ । जापानले फुकुसिमा आणविक प्लान्टको १० लाख टन विषाक्त पानी समुन्द्रमा छाडेपछि देशभित्र र बाहिर चर्को विरोध भइरहेको छ । फुकुसिमाको पानीमा रेडियो विकिरण छैन र पानी विषालु छैन भन्ने सन्देश दिन प्रधानमन्त्रीले माछा खाएका हुन् ।

सन् २०११ फुकुशिमा आणविक पग्लनबाट रोक्न १० लाख टन पानीको प्रयोग भएको थियो त्यही पानी अहिले जापानले समुन्द्रमा छाडेको हो । संयुक्त राष्ट्रसङ्घको आणविक ऊर्जा नियामकले पानीको गुणस्तर सुरक्षित रहेको र यसले मानिस र वातावरणमा नगण्य प्रभाव पार्ने बताएको छ । तर जापानको माछाको प्रमुख क्रेता चीनले उपभोक्ताको स्वास्थ्यको चिन्ताको कारणले जापानको समुद्री खानामा प्रतिबन्ध लगाउने घोषणा गरेको छ ।

तपाईको प्रतिक्रिया