Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौँ – आइसीसी महिला टी २० विश्वकप क्रिकेटको एसिया क्षेत्र छनोटमा नेपालले आज बहराइनसँग खेल्दै छ । मलेसियामा जारी प्रतियोगिता अन्तर्गत नेपाल र बहराइनको खेल नेपाली समय अनुसार विहान सवा ११ बजे सुरुहुने छ । नेपाल लगातार दोस्रो जितको खोजिमा हुने छ । नेपालले पहिलो खेलमा घरेलु टोली मलेसियामाथि ५ रनको रोमाञ्चक जित दर्ता गरेको थियो ।

नेपालभन्दा बहराइन तुलनात्मकरुपमा कमजोर टिम हो । आजको खेल जित्दै नेपाल सेमिफाइनलको सम्भावनालाई बलियो बनाउने लक्ष्यमा रहेको छ । नेपालले अब मंगलबार कतार र बुधबार युएईसँग खेल्ने छ ।

शीर्ष २मा रहने टोली सेमिफाइनल पुग्ने छन् भने फाइनल पुग्ने २ टोलीले ग्लोबल क्वालीफायरमा स्थान बनाउने छन् ।

 

तपाईको प्रतिक्रिया