Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

टोकियो – गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानले जापानमा रहेका संघसंस्था र सरोकारवाला निकायसँग समन्वय गर्ने नीति लिएको छ । सबैको साथ सहयोगबाट एनआरएनए अभियान र समग्र जनसरोकारका विषयलाई अगाडि बढाउने एनआरएनए जापानले योजना बनाएको हो ।

त्यसैको सुरुवात स्वरूप जापानमा रहेका संघ संस्था र सरोकारवाला निकायसँग समन्वयात्मक सहकार्य तथा मानवीय सहयोग अन्तरगतका कार्यमा एकरूपता कायम गर्नका लागि सेप्टेम्बर १० तारिखका दिन बृहत् अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ । टोकियोको शिन ओकुबोस्थित सोलमारीको मुरा हलमा नेपाली दूतावास, एनआरएनए जापान, जापानमा रहेका सामाजिक संघ संस्था र समाजसँग नेपालीहरूलाई केन्द्रित गरी सहयोग र सेवा प्रदान गर्न एकरूपता ल्याउने उद्देश्यले साझा योजना तय गर्नका लागि वृहत् अन्तरक्रियाको आयोजना गर्न लागिएको हो ।

सहयोग र सेवा प्रदान गर्न एकरूपता ल्याउने उद्देश्यले वृहत् अन्तरक्रियाको आयोजना गर्न लागिएको एनआरएनए जापानका अध्यक्ष नविन निउरेले जानकारी दिए । ‘एनआरएनए जापानले जापानमा क्रियाशील विभिन्न संघ,संस्था, राजनीतिक पार्टीका भातृ संगठन लगायत पत्रकारहरुसँग समसामयिक विषयमा छलफल गरी संस्थाको भावी कार्ययोजनाको तय गर्नका लागि अन्तरक्रिया गर्न लागेका हौँ, ‘अध्यक्ष निउरेले भने, ‘संघ संस्थाहरूबाट सल्लाह,सुझाव लिने लगायत आपसी समन्वयमा काम कारबाहीलाई अगाडि बढाउन अन्तरक्रिया कार्यक्रम फलदायी हुनेछ ।’

एनआरएनए जापानलाई साझा छाता संस्थाको रूपमा विकास गरी जापानमा नेपाली समुदायलाई गरिने हरेक किसिमका सहयोगलाई चुस्त र व्यवस्थित गर्न सघाउन पुर्‍याउन अन्तरक्रिया कार्यक्रम एक कोशेढुंगा हुने विश्वास एनआरएनए जापानका महासचिव टिकाराम खरेलले व्यक्त गरे । सेवा प्रदानमा सहजता ल्याउन कार्यक्रम पश्चात् सम्पूर्ण सरोकारवाला निकायसहितको एक संयन्त्र निर्माण गर्ने योजना रहेको महासचिव खरेलको भनाई छ ।

एनआरएनए जापान र जापानमा क्रियाशील संघ संस्थाबाट नेपाली समुदायले अपेक्षा गरेको सेवा र सहयोगलाई कसरी पहुँच योग्य, छरितो र विश्वसनीय बनाउन सकिन्छ भन्ने बारेमा छलफल केन्द्रित रहने भएकोले जापानस्थित सम्पूर्ण सरोकारवाला निकाय, संघसंस्था, समाज र प्रबुद्ध व्यक्तित्वहरूलाई उपस्थितिका निम्ति कार्यक्रमका संयोजक समेत रहेका एनआरएनए जापानका उपाध्यक्ष सिद्धार्थ श्रेष्ठले अनुरोध गरेका छन् ।

तपाईको प्रतिक्रिया