Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

पोखरा – समाजवादी मोर्चा नेपालको चौथो सन्देश सभा गण्डकी प्रदेशको पोखरामा हुने भएको छ । यसअघि मधेश प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा सभा आयोजना गरिसकेको मोर्चाले आज गण्डकीको पोखरामा सभा आयोजना गर्न लागेको हो ।

माओवादी केन्द्रको आयोजनामा पोखरा सभागृहमा दिनको १२ बजेपछि गण्डकी प्रदेशस्तरीय सभा आयोजना गर्न लागिएको माओवादी केन्द्र पोखरा महानगर समितिका अध्यक्ष हरिनारायण गिरी (विज्ञान)ले जानकारी दिए । उनकाअनुसार सभालाई प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्व प्रधानमन्त्री एवं एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले सम्बोधन गर्ने कार्यक्रम छ ।

समाजवादी मोर्चामा सरकारको नेतृत्वकर्ता नेकपा माओवादी केन्द्रसहित जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी आबद्ध छन् । माओवादी केन्द्रसहित चार दलले गत ४ असारमा समाजवादी मोर्चा घोषणा गरेका थिए ।

तपाईको प्रतिक्रिया