Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले नेपालले जारी गरेको चुच्चे नक्सलाई बुच्चे देखाइदिएको भन्दै उत्तरी छिमेकी चीनसँग आक्रोश पोखेका छन् ।

अगस्ट २१ मा चीनको प्राकृतिक स्रोत मन्त्रालयले ‘चीनको आधिकारिक नक्साको २०२३ संस्करण’ प्रकाशित गर्दा छिमेकी नेपाललाई बुच्चे देखाइएको छ । नेपालले २०७७ जेठ ७ भारतको अतिक्रमणमा परेको लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई समेटेर नयाँ चुच्चे नक्सा निकालेका थियो ।

तर चीनको प्राकृतिक स्रोत मन्त्रालयले उक्त स्थानलाई हटाएर पहिलेको बुच्चे नक्सालाई कायम गरेको भन्दै बालेन रिसाएका हुन् । उनले नेपालको बुच्चे नक्सा सार्वजनिक गरेको भन्दै आपत्ति जनाए । ‘नेपाली भूभागलाई चीनले नेपाललाई नै नसोधी भारतको देखाउनु हाम्रो संवेदनशीलतामाथि चालेको गलत कदम मानेका छौँ’, उनले भनेका छन्, ‘त्यसैले बिहीबार चीनको निमन्त्रणामा हुँदै गरेको मेरो ५ दिने भ्रमणमा नैतिकताको आधारमा नजाने निर्णय गरेको छु ।’

तपाईको प्रतिक्रिया