Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

 काठमाडौं  – नेपालले एशिया कपको पहिलो खेलमा पाकिस्तानसँग २३८ रनले हार बेहोरेको छ । पाकिस्तानले दिएको ३४३ रनको लक्ष्य पछाएको नेपाल २३.४ ओभरमा अल आउट हुदै १०४ रन मात्र बनाएको थियो ।

नेपालका लागि सोमपाल कामीले २८ रन बनाए भने आरिफ सेखले २६ रन बनाए । त्यस्तै गुलशन झाले १३ रन बनाए । नेपालका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

पाकिस्तानका बलर शडाव खानले सर्बाधिक ४ विकेट लिए भने शाहीन शाह अफ्रिदी र हरिस राउफले २-२ विकेट लिए । त्यस्तै नसीम शाह र मोहमद नवाजले एक एक विकेट लिए ।

यसअघि टस जितेर पहिला ब्याटिंग गरेको पाकिस्तानले ५० ओभरमा ६ विकेट गुमाएर ३४२ रन बनाएको थियो । नेपाललाई बिशाल लक्ष्य दिने क्रममा पाकिस्तान कप्तान बाबर आजम र इफ्तिखार अहमदले शतकीय पारी खेलेका थिए ।

बाबर आजमले आफ्नो १९औं एकदिवसीय शतक बनाउदै १५१ रन बनाएका थिए । बाबरले ५५ रन बनाएर खेलिरहेको बेला करण केसीले क्याच ड्रप गरेपछि जीवनदान पाएका थिए ।

त्यस्तै इफ्तिखार अहमदले आफ्नो पहिलो एकदिवसीय शतक बनाउदै अविजित १०९ रनको पारी खेलेका थिए । पाकिस्तानका फखर जमानले १४, इमाम उल हक र सलमान अघमले ५-५ रन बनाए भने मोहमद रिजवान ४४ रन बनाएर आउट भएका थिए ।

नेपाली बलर सोमपाल कामीले २ विकेट लिए भने करण केसी र सन्दीप लामिछानेले एक एक विकेट लिए । त्यस्तै नेपालले दुई विकेट रन आउटको रुपमा लिएको थियो ।

तपाईको प्रतिक्रिया