बुधबार, आषाढ ०५, २०८१
Wednesday, June 19, 2024

काठमाडौं – पाकिस्तानले नेपाललाई ३४३ रनको विशाल लक्ष्य दिएको छ । एसिया कप अन्तर्गतको खेलमा टस जितेर पहिला ब्याटिङ गरेको पाकिस्तानले ५० ओभरमा ६ विकेट गुमाएर ३४२ रन बनाएको थियो ।

नेपाललाई विशाल लक्ष्य दिने क्रममा पाकिस्तान कप्तान बाबर आजम र इफ्तिखार अहमदले शतकीय पारी खेलेका थिए । बाबर आजमले आफ्नो १९औं एकदिवसीय शतक बनाउँदै १५१ रन बनाएका थिए । बाबरले ५५ रन बनाएर खेलिरहेको बेला करण केसीले क्याच ड्रप गरेपछि जीवनदान पाएका थिए ।

त्यस्तै इफ्तिखार अहमदले आफ्नो पहिलो एकदिवसीय शतक बनाउँदै अविजित १०९ रनको पारी खेलेका थिए । पाकिस्तानका फखर जमानले १४, इमाम उल हक र सलमान अघमले ५-५ रन बनाए भने मोहमद रिजवान ४४ रन बनाएर आउट भएका थिए । नेपाली बलर सोमपाल कामीले २ विकेट लिए भने करण केसी र सन्दीप लामिछानेले एक एक विकेट लिए । त्यस्तै नेपालले दुई विकेट रन आउटको रुपमा लिएको थियो ।

तपाईको प्रतिक्रिया