बिहिबार, मंसिर १४, २०८०
Thursday, November 30, 2023

काठमाडौं – सुन तस्करी प्रकरणमा पूर्व सभामुख तथा नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराका छोरा राहुलसहित थप ३ पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा गणेश पौडेल र किशोर बस्नेत रहेका छन् । उनीहरुलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी)ले पक्राउ गरेको हो । भेपमा लुकाएर ९ किलो सुन तस्करी गरेको आरोपमा उनीहरु पक्राउ परेका हुन् ।

सुन तस्करी प्रकरणमा पक्राउ सुरु भएपछि बस्नेत भारत पुगेर लुकेका थिए । तर, उनलाई प्रहरीले भारतबाटै पक्राउ गरी ल्याएको हो । त्यस्तै पक्राउ पर्ने पौडेल भन्सारका कर्मचारी हुन् । उनी काठमाडौँबाटै पक्राउ परेका हुन् ।

सुन तस्करी प्रकरणमा पक्राउ पर्नेको संख्या हालसम्म २५ पुगिसकेको छ । ती मध्ये ७ जना चिनियाँ नागरिक रहेका छन् । सुन तस्करी प्रकरणमा अहिले सीआईबीले नै छानविन गरिहेको छ ।

तपाईको प्रतिक्रिया