बिहिबार, मंसिर २१, २०८०
Thursday, December 7, 2023

काठमाडौँ । एशिया कप अन्तर्गत नेपालले पाकिस्तानविरुद्ध टस हारेको छ । नेपाली कप्तान रोहित पौडेलले टस हारेका हुन् ।

पाकिस्तानका कप्तान बाबर आजमले टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेका हुन् । योसँगै नेपालले पाकिस्तानविरुद्ध पहिला बलिङ गर्ने भएको छ ।

नेपालको प्लेइङ ११: रोहित पौडेल (कप्तान) कुशल भुर्तेल, आफिस सेख, आरिफ सेख, कुशल मल्ल, दिपेन्द्रसिंह ऐरी, गुलशन झा, सन्दीप लामिछाने, सोमपाल कामी, करण केसी, ललित राजबंशी ।

पाकिस्तानको प्लेइङ ११ : बाबर आजम (कप्तान), शडाब खान (उपकप्तान), फखर जमान, इमाम उल हक, सलमान अलि अघा, इफ्तिखर अहमद, मोहमद रिजवान, मोहमद नवाज, नसीम शाह, शाहीन शाह अफ्रिदी र हरिस राउफ ।

तपाईको प्रतिक्रिया