Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं –  कार्यगत जिम्मेवारी पूरा गर्ने सिलसिलामा मनोवैज्ञानिक त्रासमा परेको भन्दै त्रिभुवन विमानस्थल भन्सार कार्यालयका कर्मचारीले सामूहिक सरुवा माग गरेका छन् ।

राज्यले उपलब्ध गराएको स्रोत साधनका आधारमा आफ्नो ज्ञानसीप र क्षमताले भ्याएसम्म असल नियत राखेर भन्सार जाँचपासको कार्यमा खटिँदा पनि आफूहरुमाथि विभिन्न निकायबाट दुःख दिने काम भएको भन्दै १३७ कर्मचारीले भन्सार विभागसमक्ष सामूहिक सरुवा माग्दै भन्सार विभागलाई पत्र पठाएका हुन् ।

पछिल्लो समय ६० किलो सुन तस्करी प्रकरणमा पनि कर्मचारीलाई अनावश्यक दुःख दिएको र धरपकड गरेको भन्दै उनीहरुले सामूहिक सरुवा माग गर्नु परेको बताएका छन् ।

हेर्नुस् निवेदन :-

तपाईको प्रतिक्रिया