Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – फ्रान्सले सेप्टेम्बर ४ बाट सुरु हुने नयाँ शैक्षिक वर्षको पूर्वसन्ध्यामा विद्यालयका बालबालिकाहरूलाई पूरै शरीर ढाक्ने परम्परागत लामो लुगा (अबाया) लगाउन प्रतिबन्ध लगाउने घोषणा गरेको छ ।

एक टेलिभिजनसँगको अन्तर्वार्ताका क्रममा शिक्षामन्त्री गेब्रियल एटलले फ्रान्सेली विद्यालयहरूमा अबाया लगाउने अनुमति नदिइने बताएका हुन् ।

उनले यो लुगा लगाउने विवादास्पद मुद्दाको सम्बन्धमा विद्यालय प्रशासकहरूको लागि लागि राष्ट्रिय स्तरमा स्पष्ट नियमहरू स्थापना गर्ने आफ्नो उद्देश्य रहेको बताए । केही समय यता अबाया लगाउने घटनाका कारण मन्त्री विवादित बनेका छन् ।

तपाईको प्रतिक्रिया