Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

टोकियो – यस वर्ष दुई सर्वाधिक बहुप्रतिक्षित चलचित्रको रूपमा हेरिएको ‘पशुपति प्रसाद २, भष्मे डन’ र ‘नांगो गाउँ’ जापानमा प्रदर्शन हुने भएको छ । यसै मध्येको एक ‘नांगो गाउँ’ भने राजधानी टोकियोमा सेप्टेम्बर १७ तारिख आइतबार मेगुरो कुमिन सेन्टरमा प्रदर्शन हुने भएको हो ।

टोकियोमा चलचित्र प्रदर्शनको मिति घोषणा र पोस्टर सार्वजनिक गरेसँगै टिकट खरिद गर्नेहरूको फोनले आफूहरू उत्साहित बनेको टोकियोका लागि चलचित्र नांगो गाउँ प्रदर्शनको अधिकार पाउनुभएका विकास गोतामेले जानकारी दिए । नेपालको ग्रामीण परिवेशको कथावस्तुलाई सजीव ढंगले चलचित्रमा उतारिएको भन्दै ट्रेलरले नेपालमा राम्रो प्रतिक्रिया पाइरहँदा टोकियोमा प्रदर्शन हुनेभएपछि टोकियोवासीहरू पनि चलचित्र हेर्न उत्साहित देखिएका छन् ।

चलचित्रको टिकट क्युआर कोड मार्फत पैसा भुक्तान गरेर लिन सकिनुका साथै टिकट बुकिगं गराएर मेगुरो कुमिन सेन्टरको हलबाट पनि सोही दिन लिन सकिने जानकारी गोतामेले दिए । यसको लागि फोन सम्पर्क गरेर अग्रिम टिकट बुकिगं गराउन गोतामेको आग्रह छ । टोकियोका लागि चलचित्रको टिकट खरिद तथा टोकियो, साइतामा तथा योकोहोमामा चलचित्र प्रदर्शन गर्न चाहेमा ०८०-३६४५-९५२१ वा रामकृष्ण ०९०-२९२६-१२५४ मा फोन सम्पर्क गर्न सकिने छ ।

नेपालमा भदौ २९ तारिखबाट प्रदर्शन हुँदै गरेको दयाहाङ राई, मिरुना मगर, साम्राज्ञी शाह लगायत लोकप्रिय कलाकारहरूको अभिनय रहेको नांगो गाउँ जापान सहित अस्ट्रेलिया, बेलायत, अमेरिका, पोर्चुगल, क्यानडा, स्पेन, कोरिया लगायत दुई दर्जन बढी विदेशमा प्रदर्शन गरिने भएको छ ।

नेपालमा चुनाव जित्नका लागि हुने राजनीतिक दाउपेच अनि समाजसेवा गर्ने असल मनसायले राजनीतिमा छिरेका व्यक्तिहरूबिचको चुनावी संघर्षलाई चलचित्रले समेटेको बताइएको छ । शिक्षण पेसाबाट राजनीतिमा प्रवेश गरेका दयाहाङ राई र राजनीतिलाई व्यवसाय बनाउँदै आएका शिशिर वाङ्देलबीचको लडाइँलाई नांगो गाउँ चलचित्रको ट्रेलरमा पनि समेटिएको छ ।

दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा तयार चलचित्रमा दयाहाङ, मिरुना र शिशिरसँगै कर्मा, साम्राज्ञी राज्यलक्ष्मी शाह, बुद्धि तामाङ, रवीन्द्र झा, विशाल पहाडी, अंकित खड्का, राज थापा, कमलमणि नेपाल, पुष्कर गुरुङ, शारदा गिरी, सविन बाँस्तोला, शंकर आचार्य, निमा पाण्डे, केशव राई, इष्टु कार्कीलगायतका लोकप्रिय कलाकारको अभिनय रहेको छ ।

क्लक वर्क क्रियसनको प्रस्तुतिमा निर्माण भएको फिल्मका निर्माता जय श्रेष्ठ हुन् । आलोक शुक्लाले छायांकन गरेको फिल्मको सम्पादन बनिश शाहले गरेका छन् । जापानको लागि चलचित्र नांगो गाउँको विक्रिवितरण अधिकार भने सुभास लामिछानेले पाएका छन् ।

तपाईको प्रतिक्रिया