Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – नेपालले एसिया कपको उद्घाटन खेलमा आज घरेलु टोली पाकिस्तानसँग खेल्दैछ । नेपाल र पाकिस्ताानबीचको खेल दिउँसो ३ः१५ मा मुल्तान क्रिकेट रंगशालामा क्रिकेट हुने भएको हो ।

बाबर आजम र शाहिन शाह अफ्रिदी जस्ता विश्वका उत्कृष्ट ब्याटर र बलर भएको पाकिस्तानविरुद्ध नेपाल आफ्नो उत्कृष्ट क्रिकेट खेल्न चाहन्छ भने नेपाल आफ्नो उत्कृष्ट क्रिकेट खेल्दै विश्वलाई देखाउने प्रयासमा हुनेछ ।  नेपालको कप्तानी रोहित पौडेल र पाकिस्तानको बाबर आजमले गर्नेछन् ।

नेपालले पहिलो पटक विश्वको नम्बर वान टोली पाकिस्तानसँग खेल्दैछ । नेपालले एसिया कपमा पहिलो पटक आफ्नो सहभागिता जनाउन लागेकाले पनि नेपालमा यसको विशेष चासो रहेको छ । त्यसमा पनि नेपाल भारत र पाकिस्तानको समूहमा रहेकाले नेपाली क्रिकेटप्रेमीहरुबीच चासो बढेको हो । नेपालले दोस्रो खेलमा भारतविरुद्ध सेप्टेम्बर ४ मा श्रीलंकामा खेल्नेछ ।

पाकिस्तानको नेपालसँग खेल्ने प्लेइङ ११
फखार जमान, इमाम उल हक, बाबर आजम (कप्तान), मोहम्मद रिजवान(विकेटकिपर), अघा अली सलमान, इफ्तिखर अहमद, सादब खान, मोहम्मद नवाज, शाहिन शाह अफ्रिदी, नसिम शाह र हरिस रौफ ।

नेपालको टोली :
रोहित पौडेल (कप्तान), आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, ललित राजवंशी, भीम सार्की, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, करण केसी, गुलशन झा, आरिफ शेख, सोमपाल कामी, प्रतिश जिसी, किशोर महतो, सन्दीप जोरा, अर्जुन साउद ९विकेटकिपर० र मौसम ढकाल ।

विश्वले हेर्नेछ नेपाली क्रिकेट
विश्व क्रिकेटका पावरहाउस भारत र पाकिस्तानसँग खेल्न मात्रै पाउनु नेपाल जस्ता एसोसिएट टोलीका लागि ठूलो उपलब्धि हो । यस्ता दुर्लभ अवसर नेपाललाई विश्वकप वा एसिया कपमा मात्रै आउँछ ।

भारत र पाकिस्तानको क्रिकेटलाई नपछ्याउने सायदै कमै खेलाडी, शुभचिन्तक र क्रिकेट विश्लेषक होलान् । भारत र पाकिस्तानविरुद्ध खेल्ने हुँदा नेपाली क्रिकेटको खेल पनि विश्वले हेर्नेछ ।

तपाईको प्रतिक्रिया