Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश ठूलो दुर्घटनामा जाने खतरा रहेका बताएका छन् । मंगलबार बिहान राष्ट्रिय सभागृहमा आयोजित पार्टीको उपत्यका विशेष प्रदेश समितिले आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले यस्तो बताएका हुन् ।

उनले अहिले परिवर्तन उल्टिने खतरा आफूले देखिरहेको बताए । ‘मैले एक पटक फेरि जीवनको यो क्षणमा एउटा नयाँ क्रान्ति थालनी नगर्ने हो भने मेरो चिन्ता के छ भने देश दुर्घटनामा पर्ने खतरा छ । यो परिवर्तन उल्टिने खतरा छ । परिवर्तन उल्टिने मात्रै होइन, त्यसो भए तपाईँ हामी सबै नै कुनै न कुनै रूपले त्यो दुर्घटनाको सिकार हुने खतरा छ,’ उनले भने, ‘हाम्रो शक्ति मजबुत भएन भने अलिकति कमजोर देखिने बित्तिकै प्रतिक्रियावादीले के-के गर्छन् भन्ने तपाई हामीले भोगिसकेका छाैँ ।’

प्रधानमन्त्री प्रचण्डले युद्धकालीन बेलाका ३६ वटा मुद्दा आफूविरुद्ध रहेको र अहिले प्रधानमन्त्री बनेर राम्रो काम गरेपछि दुई वटा मुद्दा थपिएको बताए । ‘पहिले नै हाम्रो टाउकोमा थुप्रै मुद्दा त छँदैछन् युद्धकालका मुद्दाहरू, मेरै ३६ वटा जति छन् । अझै शान्ति प्रक्रियाका बाँकी काम नटुंगिएसम्म कहीँ न कहीँ रही राखेका छन् । म प्रधानमन्त्री भएर राम्रो काम सुरु गर्न थालेपछि दुई वटा मुद्दा परेका छन् । त्यो पनि देखिरहनुभएको छ,’ उनले भने, ‘हामी एक हुने र अघि बढ्ने भएपछि थाँती छन् । हामी शक्तिशाली भएपछि यी केही हुँदैन, हामी जित्दै जान्छौँ, कसैको केही लाग्दैन । हामी कमजोर हुँदै गए आक्रमण बढ्दै जान्छन् । हामीले यो पटक यो रूपान्तरण अभियानलाई हर हालतमा सफल पार्नैपर्छ ।’

प्रधानमन्त्री दाहालले भारत-नेपाल सीमा विवाद सुल्झाउने कुरालाई देशभित्रका राजनीतिक दलहरूले पचाउन नसकेको बताए । ‘कूटनीतिमा वर्तमान सरकारले जुन सफलता हासिल गरेको छ, यसबाट कतिपयमा छटपटी सुरु भएको छ,’ उनले भने, ‘१० वर्षमा १० हजार मेगावाट विद्युत् व्यापारको सम्झौता सानो कुरा होइन । यी कामलाई तपाईँहरूले जनताको बिचमा लैजानुस् ।’

तपाईको प्रतिक्रिया