आइतबार, आषाढ ०३, २०८१
Sunday, June 16, 2024

काठमाडौं – आइतबार साँझ ७ बजेबाट सम्पर्क बिहीन भएका डोल्पाको सदरमुकाम दुनैस्थित नन्दबक्स ब्यारेक भदालेका प्रमुख मेजर विमल पण्डितको अझै सम्पर्कमा आएका छैनन् । उनको खोजी तिव्र पारिएको भएपनि अझैसम्म कुनै सम्पर्क नभएको जिल्ला प्रशासन डोल्पाले जनाएका छ ।

डोल्पाका प्रमुख जिल्ला अधिकारी भूमिश्वर पोखरेलका अनुसार उनको खोजीका लागि नेपाल आर्मी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका कर्मचारी खटिएका छन् । जनप्रतिनिधि र स्थानीयसँग सोधपुछ गरेर खोजी भइरहेको उनले जानकारी दिए । ‘हामीले हाम्रो सबै संयन्त्रलाई खटाएका छौँ । जनप्रतिनिधिहरुले पनि खोजी रहनु भएको छ । त्रिपुरासुन्दरीसम्म जीप रिजर्भ गरेर जानु भएको हो भन्ने जानकारीमा आएको छ,’ उनले भने ।

प्रमुख जिल्ला अधिकारी पोखरेलकाअनुसार उनी पियसोसँग ब्यारेकबाट दुनै बजार निस्किएका थिए । दुनै बजारबाट पियसोलाई फर्किन भन्दै आफु केहि समय फ्रेस भएर आउने भनेका थिए । ‘बजारसम्म पियसोलाई छोड्न लगाएर, उसलाई फर्किन भन्नु भएछ । पियसोलाई आफु फ्रेस भएर केहि समयमा आउने भनेपछि उनी फर्किए । मेजरले एक जना चिनेको मान्छेको गाडी लिएर त्रिपुरासम्म जानुभएछ,’ प्रमुख जिल्ला अधिकारी पोखरेलले भने ।

तपाईको प्रतिक्रिया