Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

टोकियो – विदेशी भएकै कारण त्यसमाथि राष्ट्रियता, समुदाय र वर्णका आधारमा जापान प्रहरीद्वारा बेला-कुबेला, ठाउँ-कुठाउँ अनाश्यक सोधपुछ गर्ने, भेदभावजन्य दुर्ब्यवहार गर्नुका साथै झमेला गर्ने, दुख दिने जस्ता घटना जापानमा बेला बेलामा सुनिने गरेको पाईन्छ । यसबाट जापान प्रहरी आलोचित पनि हुँदै आएको छ । कुनै गल्ती नै नगरे पनि यस्ता भेदभावजन्य दुर्ब्यवहारबाट पीडित भई अपहेलित भएको महशुस गर्नुका साथै मनोबल गिर्न पुगेका विदेशीहरुलाई लक्षित गरी यहि अगष्ट ३१ तारिख बिहीबारका दिन क्याम्पेनको रुपमा एकदिने जापानब्यापी हटलाइन परामर्श सेवा दिईने भएको छ ।

वकिल, अनुसन्धाता तथा अन्य प्रोफेशनलहरु सम्मिलित मानव अधिकारवादीहरुको संस्था ‘रेसियल प्रोफाइलिङ रोकथाम समूह’ को आयोजनामा हुन लागेको उक्त हटलाइन कार्यक्रममा पीडितहरुले फोन मार्फत आफ्नो समस्या राख्न सक्नेछन् भने सम्बन्धित बिषयका विज्ञ वकिलहरुले निःशुल्क परामर्श उपलब्ध गराउने छन् ।

आयोजक संस्थाकी सदस्य मध्यकी एक तानाका शिहोका अनुसार हटलाइन सेवा कार्यक्रममा सहभागी विदेशीहरुको सुबिधालाई ध्यानमा राखी नेपाली, जापानी, अंग्रेजी, स्पेनिस र पोर्चुगिस भाषीका दोभाषेहरुको सुबिधा पनि रहने बताईएको छ ।

गत वर्ष टोकियो बार एसोसियशनले गरेको सर्वेक्षणबाट राष्ट्रियता, समुदाय, छालाको रंग र अन्य तथ्यका आधारमा विदेशीहरुमाथि जापान प्रहरीद्वारा विभेदजन्य दुर्ब्यवहार हुने गरेको निचोड निकालेको थियो । जुन कुरा जापान नेशनल पुलिस एजेन्सीले पनि स्वीकार गर्दै प्रहरीको असावधानीका कारण ब्यक्तिको सक्कल हेरेर अनुपयुक्त र अविवेकी निर्णय गर्दा त्यस्ता घटना हुने गरेको बताउने गरेको छ ।

यदि तपाईहरु पनि जापान प्रहरीबाट हुने त्यस्ता अवाञ्छित दुर्ब्यवहारबाट मानसिकरुपमा आघात पर्न गई अन्यायमा पर्नुभएको छ भने हटलाइन परामर्श क्याम्पेनमा सहभागी भई आफ्नो समस्या राख्न सकिने आयोजक संस्थाले जनाएको छ ।

हटलाइन सेवा उक्त दिनको अपरान्ह ३ बजेदेखि साँझ ७ बजेसम्म उपलब्ध हुने बताईएको छ । त्यसका लागि देहायमा उल्लिखित फोन नंबरमा सम्पर्क गर्न सकिने छ । परामर्श सेवा निःशुल्क भएता पनि टेलिफोन सेवा भने सःशुल्क हुने छ ।
Phone No: 050-5474-0539 or ︎050-5474-0566
Consultation fee: Free of charge
Call Charges: Apply
Languages Available: Nepalese, Japanese, English, Spanish, Portuguese
Organized by: STOP Racial Profiling Campaign Team

तपाईको प्रतिक्रिया