Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – नेपाल वायुसेवा निगम (एनएसी)ले आजबाट गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हङकङ र नयाँ दिल्लीको उडान गर्ने भएको छ । भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौँलाई ट्रान्जिट बनाएर हङकङ र दिल्लीमा नियमित उडान गर्ने भएको हो ।

मंगलबार हप्ताको एक दिन एक उडानबाट सेवा सुरु गरेर यसको सुरुवात गरिएको छ । निगमका प्रवक्ता रमेश पौडेल मागको आधारमा उडानको सङ्ख्या थप्दै लगिने छ । उनका अनुसार भैरहवाबाट बिहान ८: १५ मा उडेको जहाज ९ बजे काठमाडौँमा अवतरण गर्नेछ ।

त्यसपछि ट्रान्जिट भई हङकङ जाने यात्रु हङकङको उडानमा र दिल्ली जाने यात्रु निगमकै कनेक्टिङ्ग उडानमा चढ्ने छन् । जसका लागि एनएसीले गत भदौ १० गतेबाट नै टिकट बुकिङ खुलाइएको थियो ।

तपाईको प्रतिक्रिया