शुक्रबार, मंसिर २२, २०८०
Friday, December 8, 2023

काठमाडौं – कैलालीको धनगढीस्थित स्वस्तिक अस्पतालमा उपचाररत बिरामीको मृत्युपछि विवाद भएकोमा सहमति गरिएको छ । सोमबार अस्पताल र मृतकका आफन्तबीच सहमति भएको हो ।

उपचाररत बिरामीको मृत्यु भएपछि सोमबार दिनभरी उक्त अस्पतालमा तनाव भएको थियो। मृतकका आफन्त राजकुमार चौधरीका अनुसार सहमतिमा मृतकको अध्ययनरत छोरा ज्योतिप्रकाश चौधरीको पढाई खर्च ब्यहोर्ने, काजक्रिया खर्च र उपचारमा लापरबाही गर्ने डाक्टर जोनस तिवारीलाई कारबाही गर्ने गरी ३ बुँदे सहमति भएको छ ।

उपचारको लागि अस्पताल भर्ना भएका कञ्चनपुरको बेलौरी नगरपालिका १० शिवनगरका ५५ वर्षीय ऐजनलाल चौधरीको मृत्यु भएको थियो । उपचारको क्रममा डाक्टरले उनको बायाँ किड्नी झिकेपछि अत्यधिक रक्तस्रावले मृत्यु भएको अस्पतालले जनाएको छ ।

यसअघि चौधरीको मृत्यु भएपछि आफन्त संघर्षमा उत्रिएका थिए । मिर्गौलाको शल्यक्रिया गरेर १४ एमएम र साढे नौ एमएमको पत्थरी निकालिएको भए पनि शल्यक्रियामा गरिएको त्रुटिले बिरामीको ज्यान गएको भन्दै आफन्त आक्रोशित बनेका थिए ।

तपाईको प्रतिक्रिया