Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

टोकियो – बिपी चिन्तन तथा गणेशमान फाउन्डेसन जापानले नेपालबाट जापान भ्रमणमा आएका गोदावरी नगरपालिका मेयर गजेन्द्र महर्जन र महालक्ष्मी नगरपालिकाका उपमेयर लक्ष्मी मर्जनलाई स्वागत तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ❘ गोदावरी नगरपालिकाका मेयर र महालक्ष्मी नगरपालिकाका उपमेयरलगायत तार्केश्वर नगरपालिकाको प्रशासन प्रतिनिधि, ठिमी नगरपालिका प्रशासन प्रतिनिधि, गोदावरी नगरपालिकाको प्रशासन प्रतिनिधिलाई स्वागत तथा विशेष अन्तरक्रिया आयोजना गरिएको हो ।बिपी चिन्तन तथा गणेशमान फाउन्डेसन जापानका अध्यक्ष डा। बलराम श्रेष्ठको अध्यक्षता सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि गोदावरी नगरपालिका मेयर महर्जन, विशेष अतिथि महालक्ष्मी नगरपालिकाका उपमेयर लक्ष्मी महर्जन थिए भने विशिष्ट अतिथिमा एनआरएनए आईसीसीका उपाध्यक्ष महेशकुमार श्रेष्ठ र एनआरएनए जापानका संस्थापक अध्यक्ष राजन प्रधानाङ्ग रहेको फाउन्डेसन ले जनाएको छ ।अतिथिमा एनआरएन जापानकी संरक्षक अनिता गुरुङ, नेपाली जनसम्पर्क समिति जापानका उपसभापति तथा महाधिवेशन प्रतिनिधि राजेन्द्र जमरकट्टेल, नेपाली जनसम्पर्क समिति जापानका कोषाध्यक्ष एवं महाधिवेशन प्रतिनिधि बाबुराम सापकोटा, तार्केश्वर नगरपालिकाको प्रशासन प्रतिनिधि, ठिमी नगरपालिका प्रशासन प्रतिनिधि, गोदावरी नगरपालिकाको प्रशासन प्रतिनिधि, एनआरएनए केन्द्रीय सदस्य रामु कँडेल, मञ्जु बनलगायत विशिष्ट व्यक्तित्वहरूको आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।कार्यक्रममा जापानस्थित विभिन्न समाजका प्रतिनिधि सामाजिक अभियन्तालगायतको बाक्लो उपस्थिति रहेको थियो ❘ कार्यक्रमको स्वागत मन्तव्य नेपाली जन सम्पर्क समिति जापानको उपाध्यक्ष राजेन्द्र जमरकट्टेलले राखेका थिए भने बोल्ने अधिकांश वक्ताहरूले बिपी र गणेशमानका त्याग योगदानको स्मरण गरेका थिए । नेपाली जनसम्पर्क समिति जापानका उपसभापति तथा महाधिवेशन प्रतिनिधि राजेन्द्र जमरकट्टेलले बिपी र गणेशमानले गरेको योगदानलाई स्मरण सम्मान गर्दै उहाँहरूले समाजको विषयमा गरेको परिकल्पना जस्तै संगठनलाई भोलिका दिनमा पनि त्यसैगरी अगाडि बढाउँदै संगठनलाई तुस्तदुरुस्त सांगठनिक रूपमा बलियो बनाउनुपर्नेमा जोड दिए ।विशेष अतिथिको रूपमा एनआरएन उपाध्यक्ष महेश श्रेष्ठले विश्व भरि छरिएर रहेको सम्पूर्ण गैरआवासीय नेपालीको आर्थिक सामाजिक र राजनीतिक सम्पनताको लागि प्रवासमा बसेकाहरूले कम गरिरहेको बताए । उनले मतदान गर्न पाउने सुविधा प्रयोग गर्न पाउने, गैरआवासीय नेपालीलाई परेको पीरमर्कालाई सरकारले तत्काल सम्बोधन गर्न व्यवस्था मिलाउनुपर्ने बताए । नेपालको राष्टि«य बजेट भन्दा ३ गुणा ठुलो बजेट गैरआवासीय नेपालीहरूले विदेशमा लगानी र प्रवर्द्धन गरिरहेको भन्दै उनले यस तथ्यलाई नेपालसँग जोड्न जरुरी भएको बताए ।मेयर महर्जनले जापानबाट नेपालले प्रविधि र अनुशासन सिकेर अगाडि बढ्नुपर्ने बताए । उपमेयर लक्ष्मी महर्जनले जापानको जाईकाले जापानमा विपद् व्यवस्थालगायत विषयमा जापानमा आएर सिक्न अवसर प्रदान गरेको सुनाइन् । जापानमा पनि नेपालीहरूको एकता र संघसस्थाको महत्त्वपूर्ण क्रियाकलापमा सहभागिता तथा स्वागत गरी गरिमा बढाइदिनु भएको उनले धन्यवाद ज्ञापन गरिन् ।कार्यकमलको अध्यक्षता गर्दै डा. बलराम श्रेष्ठले नेपालको स्थानीय निकाय तथा सरकारी संघसस्थाहरु जनतामैत्री हुनुपर्नेमा जोड दिए । ‘मेहनतबाट मात्र कमाई गर्न पर्छ । मेहनत नगरी कमाएको रकमको महत्त्व कानुनी वैधता हुँदैन,’ उनले भने, ‘शिक्षाको विकास गर्दै जानुपर्छ । कुनै पनि संघसस्था घुसमैत्री हुनु हुँदैन, केवल सेवामैत्री हुन् सक्यो भने मात्र समाज र देश को विकास हुन् सक्छ ।’उनले नेपालले जापानबाट पाठसिक्नुपर्ने बताए । ‘जापानमा अध्ययन गर्न उपचार गर्न, काम पाउन, व्यापार व्यवसाय गर्ने कतै कुनै कर्मचारी नेता भेट्न पर्दैन, सरल रूपमा गर्न सकिन्छ,’ अध्यक्ष श्रेष्ठले भने, ‘तर नेपालमा नेपाल मा जन्मेर पनि नेपाली हुँ भनेर नागरिकता लिन पनि ठुलो संघर्ष गर्नुपर्ने हुन्छ, जुन कुराले जनतामैत्री र सेवा मैत्री हुन नसकेको अवस्था छ । जसले गर्दा नेपालको विकासमा बाधा परेको देखिन्छ ।’बिपी र गणेशमान गरेको योगदानलाई स्मरण सम्मान गर्दै भोलिका दिनमा पनि त्यसै गरी अगाडि बढ्ने बिपी चिन्तन तथा गणेशमान फाउन्डेसनका प्रवक्ता भेषनारायण श्रेष्ठ ले बताए । शिनओकुबु नाग्लो घर रेस्टरेन्टमा भएको कार्यक्रमको संयोजन तथा सञ्चालन दीपक सुवेदी ‘विप्लव’ले गरेका हुन् ।

तपाईको प्रतिक्रिया