Deneme Bonusu Veren Siteler
सोमबार, आषाढ ३१, २०८१
Monday, July 15, 2024

काठमाडौं – प्रतिनिधिसभाअन्तर्गतका १० वटै विषयगत समितिका सभापतिहरू निर्विरोध निर्वाचित भएका छन् । उद्योग तथा वाणिज्य समितिको सभापतिमा उम्मेदवार तथा रास्वपाका सांसद गणेश पराजुलीले उम्मेदवारी फिर्ता लिएसँगै सबै समितिका सभापति निर्विरोध निर्वाचित भएका हुन् ।

निर्वाचित १० वटै सभापतिहरूले सभामुख देवराज घिमिरेसमक्ष पद तथा गोपनीयताको शपथ खाएका छन् । अर्थ समितिको सभापतिमा नेपाली कांग्रेसका सन्तोष चालिसे, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सभापतिमा जसपाका राजकिशोर यादव, कानुन, न्याय तथा मानवअधिकार समितिको सभापतिमा माओवादी केन्द्रका विमला सुवेदी निर्वाचित भएका छन् ।

त्यस्तै कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा कांग्रेसका आरजु राणा देउवा, महिला तथा सामाजिक मामिला समितिको सभापतिमा किरणकुमार साह र राज्य व्यवस्था तथा सुशासन समितिमा रामहरि खतिवडा, पूर्वाधार विकास समितिको सभापतिमा राप्रपाका दीपकबहादुर सिंह, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा एकीकृत समाजवादीका भानुभक्त जोशी र सार्वजनिक लेखा समितिको सभापतिमा एमालेका ऋषिकेश पोखरेल निर्वाचित भएका छन् ।

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिमा जनमतका अब्दुल खान निर्वाचित भएको संसद् सचिवालयले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया