Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – सातदोबाटोमा केन्द्रीय कार्यालय रहेको देउराली बहूद्देश्यीय सहकारीले ठुला बचतकर्तालाई ४५ करोड बराबरको १६५ वटा घडेरी पास गरी दिएको छ । सहकारीले २०८० साल भदौ ८ गते तेस्रो चरणको घडेरी वितरण कार्य सम्पन्न गरेको संस्थाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

२ वर्षदेखि आर्थिक समस्यामा परेको सहकारीले करिब ७ अर्ब ५० करोड बचत रहेकोमा ६ अर्ब ७० करोड नगद र ४५ करोड जग्गा गरी ७ अर्ब १५ करोड फिर्ता गरिसकेको बताएको छ । अब बचतकर्ताको फिर्ता गर्न बाँकी रकम ३५ करोड र सोको ब्याज मात्र रहेको सहकारीले सो रकम समेत छिट्टै वितरण गरिने बताएको छ । ललितपुरमै थुप्रै सहकारी समस्याग्रस्त परिरहेको बेला आफूहरूले छिट्टै सहकारीलाई समस्यामुक्त गराएर देशकै उदाहरणीय बन्ने अध्यक्ष चौलागाइले बताएका छन् ।

ओरियन्टल र सिभिलपछीको देशकै ठुलो सहकारीमध्ये एक देउरालीले आर्थिक मन्दी र अनेकन समस्याहरूमाझ पनि सहकारीको समस्या हल गर्दै लगेको हो । सहकारीमा समस्या परेपछि देशै छोडेर भाग्ने, गायब हुनेहरूको संख्या धेरै भएका बेला चौलागाइले सहकारीलाई प्राथमिकता राखी सबैको बचत फिर्ता गने उदाहरणीय कार्य गरिरहेका छन् ।  ३८ वर्षको उमेरमै बेग्लै व्यावसायिक छवि बनाएका चौलाँगाइले सहकारीलाई समस्याग्रस्तबाट मुक्त गराइ उदाहरणीय बनाउने काममा लागेका हुन् ।

रवीन्द्र चाैलागाई सहकारी क्षेत्र भन्दा व्यवसायिक क्षेत्रबाट चिनिने नाम हुन् । उनले आयात निर्यात, घरजग्गा, कृषि, शेयरबजार, लिक्वयर जस्ता क्षेत्रमा व्यवसाय गर्दै आएका छन् । सबै क्षेत्रलाई थाती राखेर करिब एक वर्षदेखि उनी देउरालीका बचतकर्ताको बचत फिर्ता गर्न निरन्तर लागि परेका छन् । आफ्नो संस्थाको सञ्चालकको नाममा रहेको सम्पत्ति, घरजग्गा, गाडी, सुनचाँदी बेचबिखन गरेको र बैंकले आफ्नो व्यवसायमा लगानी गरेको करिब ४ अर्ब नगद गरी ६ अर्ब १५ करोड बचतकर्तालाई नगदै फिर्ता गरेका छन् ।

ललितपुर चापागाउको ३३ वटा घडेरी, सुनसरी इनरुवाको २३ वटा घडेरी, नवलपरासी बर्दाघाटको ६५ वटा घडेरी, नवलपरासी रजरको ४४ वटा घडेरी गरी १६५ वटा घडेरी बचतकर्तालाई फिर्ता गरेका हुन् । अब छिटै अरू पनि घडेरी पास गरी देउरालीले बचतकर्ता दिने बताएको छ । बाँकी बचतकर्ताहरूलाई विभिन्न निकायमा उजुरी बाजुरी गरेर दुख नदिई धैर्यता गर्न सहकारीले अनुरोध समेत गरेको छ । त्यसरी उजुरी बाजुरी गर्नेहरूलाई पनि सो फिर्ता गरी जग्गा लिई आफ्नो बचत सुरक्षण गर्न अनुरोध गरेको छ । आर्थिक मन्दीको बेला नगद दिन कठिनाइ भएकाले विभिन्न क्षेत्रका उचित मूल्यका घर घडेरी लिई बचत सुरक्षण गर्न देउरालीले अनुरोध गरेको हो ।

अध्यक्ष चौलागाइले बैंक तथा वित्तीय संस्थाहरूलाई देउरालीको बचतकर्ताको बचत फिर्ता सम्पूर्ण रूपमा नभएसम्म लिलाम बढाबढका काम अघि नबढाउन अनुरोध गरेको छ  । सोको लागि आफूले राष्ट्र बैंकलाई समेत पत्राचार गरेको अध्यक्ष चौलागाइले बताएका छन् । उनले सहकारीबाट ऋण लिएकाहरूलाई, संस्थाको पैसा अपचलन गरेका कतिपय कर्मचारीहरूलाई र  मिटरब्याजमा पैसा असुलेकाहरुलाई समेत रकम फिर्ता गर्न अनुरोध गरेका छन् ।

तपाईको प्रतिक्रिया