Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्न पाकिस्तानतर्फ गएका छन् । आइतबार मुद्दाको अर्को पेसी भदौ २१ गते तोकिएसँगै सन्दीप सोमबार बिहान पाकिस्तान गएका हुन् ।

सन्दीपलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय खेलकुद परिषद्का टंकलाल घिसिङले बिदाइ गरेका थिए । सन्दीपले पाकिस्तान जानु अघि टिमले अहिले राम्रो प्रदर्शन गरिरहेको र पाकिस्तानमा टिमले अभ्यास खेलमा राम्रो खेलेको बताउँदै एसिया कपमा राम्रो प्रदर्शन गर्ने विश्वास व्यक्त गरेका छन् ।

एसिया कपमा नेपालले उद्घाटन खेलमा बुधबार भदौ १३ गते पाकिस्तानविरुद्ध खेल्दै छ । त्यस्तै दोस्रो खेल भारतविरुद्ध भदौ १८ गते श्रीलंकामा हुने तालिका रहेको छ । अब सन्दीप अर्को पेसीमा उपस्थित हुनुआगाडी नै एसिया कपका पाकिस्तान र भारतविरुद्धका दुवै खेल खेल्न पाउने भएका छन् ।

तपाईको प्रतिक्रिया