Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – प्रतिनिधिसभाअन्तर्गत १० वटा विषयगत समितिका लागि १० सांसदले उम्मेदवारी दर्ता गरेका छन् । सत्तापक्षी र प्रतिपक्षी दलले भागबन्डा गरेर साझा उम्मेदवारी खडा गरेका हुन् ।

कानुन, न्याय तथा मानवअधिकारको सभापतिमा नेकपा (माओवादी केन्द्र)की विमला सुवेदी, लेखा समितिको सभापतिमा नेकपा (एमाले)का ऋषिकेश पोखरेल, महिला समितिको सभापतिमा पनि एमालेका किरणकुमार साहको उम्मेदवारी दर्ता भएको छ । त्यस्तै उद्योग, वाणिज्य तथा श्रम उपभोक्त हित समितिको सभापतिमा जनमत पार्टीबाट उम्मेदवारी परेको छ । जनमतबाट पूर्वखानेपानीमन्त्री अब्दुल खानले उम्मेदवारी दर्ता गराए। त्यस्तै सोही समितिमा रास्वपाका गणेश पराजुलीले उम्मेदवारी दर्ता गरेका छन् ।

स्वास्थ तथा शिक्षा समितिको सभापतिमा नेकपा (एकीकृत समाजवादी)का भानुभक्त जोशीले उमेदवारी दर्ता गराएका छन् भने पूर्वाधार विकास समितिको सभापतिमा राप्रपाका दीपकबहादुर सिंहको उमेदवारी परेको छ ।

यता राज्य व्यवस्था समितिको सभापतिमा कांग्रेसका रामहरि खतिवडा, अर्थ समितिको सभापतिमा कांग्रेसका सन्तोष चालिसे, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा कांग्रेसबाटै आरजु राणा देउवाको उम्मेदवारी परेको छ । त्यस्तै अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति सभापतिमा जसपाका राजकिशोर यादवको उम्मेदवारी परेको छ ।

तपाईको प्रतिक्रिया