Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – नेपाली महिला क्रिकेट टिमले मलेसियामा जारी चार देशको टी-२० सिरिजको उपाधि जितेको छ । आज सम्पन्न फाइनल खेलमा नेपालले हङकङलाई डक वर्थ लुइस नियम अनुसार १३ रनले पराजित गरेको हो ।

हङकङले दिएको १०२ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले ५.३ ओभरमा एक विकेट गुमाएर ३७ रन बनाएपछि खेल वर्षाले प्रभावित भएको थियो । त्यसपछि खेल अगाडी बढ्न नसक्ने भएपछि डक वर्थ लुइस नियम अनुसार नेपाल १३ रनले विजयी भएको थियो ।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको हङकङले २० ओभरमा ६ विकेट गुमाउँदै १०१ रन बनाएको थियो । चार देशको सिरिजमा नेपालसहित घरेलु टोली मलेसिया, कुवेत र हङकङ खेलेका थिए । यस सिरिजमा आयोजक मलेसिया तेस्रो भएको छ भने कुवेत चौथो भएको छ ।

यसपछि नेपालले मलेसियामा नै हुने विश्वकपको एसिया कप छनौट खेल अगस्त २८ देखि सेप्टेम्बर ६ सम्म खेल्ने तालिका रहेको छ । एसिया छनौटमा १२ देशले भाग लिँदै छन् । जसमा नेपाल समूह ए मा रहेको छ । समूह ए मा नेपालसहित बहराइन भुटान, मलेसिया, कतार र युएई रहेका छन् । त्यस्तै समूह बी मा चीन, हङकङ, कुवेत, म्यान्मार र थाइल्याण्ड रहेका छन् ।

दुवै समूहबाट शीर्ष दुई टिम सेमिफाइनलमा पुग्ने छन् भने फाइनल पुग्ने दुई देश विश्वकपका लागि छनौट हुने छन् ।

तपाईको प्रतिक्रिया