Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

टोकियो – अध्ययनका लागि जापान पुगेकी नेपाली युवतीले आत्महत्या गरेकी छन् । वर्ष दिनअघि जापान आएकी दोलखाकी २० वर्षीया रविना बुढाथोकीले नेपालमा रहेका आफ्ना बाआमालाई फेसबुक म्यासेन्जरमा भिडियो कल गरेर लाइभ आत्महत्या गरेकी हुन् ।

पारिवारिक स्रोतकाअनुसार बुढाथोकीले बाआमासँग भिडियो कल गर्दागर्दै झुन्डिएर आत्महत्या गरेकी थिइन् । जापानको फुकुओका क्षेत्रमा बस्दै आएकी बुढाथोकीले लाइभ आत्महत्या गर्नुको कारणबारे उनको दोलखामा रहेको परिवारले हालसम्म कुनै प्रतिक्रिया दिएको छैन । पारिवारिक असमझदारीका कारण उनले आत्महत्या गरेको हुन सक्ने आशंका गरिएको छ । यद्यपि यस विषयमा परिवारले केही भनेको छैन ।

बुढाथोकीले म्यासेन्जरबाट लाइभ आत्महत्याको प्रयास गरिरहेका बेला फुकुओका क्षेत्रमा नेपाली उनको कोठासम्म पुगेका थिए । त्यसपछि उनीहरूले प्रहरीलाई बोलाए बुढाथोकीलाई तत्कालै अस्पताल लगिए पनि बचाउन नसकिएको एनआरएनए अभियन्ता सुपेन्द्र घिसिङले जानकारी दिए । बुढाथोकीले केही दिनअघि मात्र आफ्नी साथीलाई पाँच दिनका लागि नेपाल जानुपर्ने भएकाले जहाजको टिकट बुझिदिन आग्रह गरेको बताइएको छ ।

प्रहरीले उनको कोठामा खानतलासी गरे पनि सुसाइड नोटलगायत वस्तु नभेटिएको जनाइएको छ । गत सोमबार भएको उक्त घटनाका बेला बुढाथोकी कोठामा चुक्कुल लगाएर झुन्डिएकाले उद्दारका लागि पुगेका नेपाली ढोका फोडेर भित्र पस्न नसकेका र प्रहरी पुग्दा ढिलो भइसकेको बताइएको छ ।

तपाईको प्रतिक्रिया