Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – चार देशको महिला टी-२० क्रिकेट सिरिज अन्तर्गत नेपालले आयोजक मलेसियासँग ६ विकेटको हार बेहोरेको छ । नेपालले दिएको ८४ रनको लक्ष्य पछाएको मलेसियाले १६.२ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो ।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपालले १८ ओभरमा ७ विकेट गुमाउँदै ८३ रन बनाएको हो । वर्षाले प्रभावित भएको खेल २० ओभरबाट घटाएर १८ ओभरमा झारिएको थियो ।

यो हारपछि पनि नेपाल फाइनलमा भने पुगेको छ । नेपालको ३ खेलमा ४ अंक रहेको छ र रनरेटको आधारमा शीर्ष स्थानमा रहँदै नेपाल फाइनलमा पुगेको छ । अब फाइनलमा नेपालको सामना हङकङसँग हुने भएको छ । हङकङको पनि ३ खेलमा ४ अंक नै रहेको छ र रनरेटको आधारमा दोस्रो हुँदै फाइनलमा पुगेको छ ।

त्यस्तै ३ खेलमा ४ अंक नै रहेको मलेसिया रनरेटको आधारमा तेस्रो स्थानमा रहेपछि फाइनलमा पुग्न असफल भएको छ । त्यस्तै तिनै खेलमा हार बेहोरेको कुवेत यसअघि नै फाइनलको दौडबाट बाहिरिएको थियो । अब शनिबार मलेसिया र कुवेतबीच तेस्रो स्थानका लागि तथा नेपाल र हङकङबीच फाइनल खेल हुने छ ।

तपाईको प्रतिक्रिया