Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस् :

काठमाडौं– धरान उपमहानगरपालिका मेयर हर्कराज राई (हर्क साम्पाङ)ले सामाजिक सद्‌भाव कायम राख्न अपिल गरेका छन्। एक विज्ञप्ति जारी गर्दै मेयर साम्पाङले आपसी सद्‌भाव, भाइचारा र एकता कायमका लागि धरानबासीलाई अपिल गरेका हुन्।

उनले भनेका छन्, ‘विश्व शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थल नेपालको पूर्वी पुरानो शहर धरानमा हाल केही दिनदेखी भइरहेको धार्मिक तथा सामाजिक विवादले यस क्षेत्रलाई अति नै संवेदनशील बनाइरहेको छ। बहुजातीय, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतालाई आत्मसात गरी विविधता बीचको एकता, सामाजिक, सांस्कृतिक सद्‌भावलाई संरक्षण गरी समृद्ध समाजको निर्माण गर्नु नै हाम्रो कर्तव्य हो।’

समाजमा देखिने अशान्ति, विभेदले विचार, विधि र व्यवहारमा स्थान पाउँदै गएमा सामाजिक अन्तरसम्बन्ध खलबलिने, अन्तरविरोध बढाउने, प्रतिशोध र द्वन्द्वलाई निम्त्याउने मेयर साम्पाङले उल्लेख गरेका छन्। ‘यस प्रकारको विविधताको नकारात्मकतालाई सकरात्मकतामा परिणत गर्न सयौं थुंगा फुलका हामी एउटै माला नेपाली भन्ने भावलाई आत्मसात गर्दै हाल देखिएको अशान्तिमय वातावरण सबैले संयमित र संवेदनशील भएर, सबै पक्ष, समुदाय र हरेक नागरिकको भावना प्रतिबिम्बित हुनेगरी आपसी सद्‌भाव, भाइचारा र एकता कायमका लागि सम्पूर्ण आम धरान नगरवासीहरुमा हार्दिक अपिल गर्दछु,’ उनले भनेका छन्।

 

तपाईको प्रतिक्रिया